कुमार खड्का
चैत १२, पथरी ।
एक साता अघि दुवई बाट काठमान्डौ हुदै पथरी आएका थप २ जनालाई टाँडीमा रहेको क्वारेनटाइनमा बुधवार भर्ना गरिएको छ ।
दुवई एयरलायान्सको जहाज चढेर आएका पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १ का वर्ष २५ का राई थरका एक र स्थायी ठेगाना बेलवारी नगरपालिका वडा नम्वर ४ हाल पथरी शनिश्चरे वडा नम्वर १ वस्ने वर्ष ४० का चौहान थरका व्याक्तिलाई क्वारेनटानइनमा भर्ना गरिएको हो ।
राई चैत ४ गते काठमान्डौ हुदै पथरी आएका थिए, चौहान चैत ७ गते सोही बाटो हुदै पथरी आएको बुझिएको छ ।
उनिहरु दुवैको स्वास्थ्यमा कोरोना संक्रमणको कुनै त्यस्तो सङ्केत नदेखिएको भएपनि संक्रमणको समय अवधि १४ दिन सम्ममा देखिन सक्ने भएका कारण क्वारेनटाइन भर्ना गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आर्चायले बताउनु भयो ।
चैत ४ गते आएका राई वडा नम्वर १ मै वस्दै आएका भएपनि अहिले सम्म उनले वैदेशिक रोजगार बाट घर आएको कसैलाई जानकारी गराएका थिएन्न । बुधवार स्थानियहरुले राई वैदेशिक रोजगार बाट आएको जानकारी दिएपछि १ नम्वर वडाध्यक्ष बाबुराम येङदेन घरमै पुगेर उनलाई क्वारेनटाइन भर्ना गराएका हुन ।
कोरोना संक्रमण नेपालमा प्रवेश गरेको हालको तथ्याङकलाई हेर्ने हो भने अहिले सम्म भएका ३ जना संक्रमितहरु सवै विदेश बाट नेपाल प्रवेश गरेको भेटिएको छ ।
यसरी विदेश बाट नेपाल प्रवेश गरेका व्याक्तिमा कोराना संक्रमणको जोखीम उच्चरहेको कारण केन्द्रिय सरकार र स्थानिय सरकारले त्यस्ता व्याक्तिहरु कहि कतै भएको खण्डमा समर्पकमा आउन अनुरोध समेत गरेको छ ।
यस्तै पथरी बाट मंगलवार र बुधवार गरि चैत ४ गते फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सोही जहाजमा कतार बाट काठमाडौं हुदै पथरी आएका २ व्याक्तिलाई पनि मोरङको टाँडीमा रहेको क्वारेन्टाइन पठाइएको छ । हाल उनिहरुको क्वारेनटाइनमा राखेर हेरचाह भइरहेको छ ।
चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडान मार्फत ति युवती सगै पथरी शनिश्चरेका वडा नम्वर ६ का वर्ष ५० का धिमाल थरका एक व्याक्ति र ताप्लेजुङ स्थायी ठेगाना भएका हाल वडा नम्वर १ मा बहिनी ज्वाँईकोमा वस्दै आएका वर्ष २८ का थेवे थरका व्याक्तिलाई बुधवार क्वारेन्टाइन पठाइएको छ ।
यो सगै पथरीशनिश्चरे नगरपालिका बाट २ दिनको अवधिमा क्वारेन्टाइन जानेको सङख्या ४ पुगेको छ ।
छिमेकी कानेपोखरी गाउपालिका–५ का २ जनालाई पनि बुधवार नै धरान स्थिति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
उनिहरुमा उच्च ज्वोरो आउने भेटिएको थियो । दुवै पतिपत्नी रहेका छन् भने उनिहरु एक साता अघि अष्ट्रेलिया बाट नेपाल आएका थिए ।
क्वारेनटाइनमा रहदा दैनिक उपभोग्य बस्तुहरुको समेत व्यावस्थापन भएका कारण बैदेशीक रोजगार बाट फर्केका कोही त्यस्ता युवाहरु नगरपालिका क्षेत्रमा भए सम्वधित वडा कार्यालयमा सम्पर्क गरिदिन समेत नगरपालिकाले अपिल गरेको छ ।