• काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

    हाल देशको पश्चिमी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

    वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौं उपत्यकाको मौसम बिहीबार बिहान सफा रहेको छ । बिहानको तापक्रम १३ डिग्री सेल्सियस रहेको छ ।

    भिजिबिलिटी ४ किलोमिटर रहेको छ । कणेलका अनुसार काठमाडौं उपत्यकामा छोटो समयको वर्षा हुने सम्भावना छ । उनले भनिन्, ‘काठमाडौं उपत्यकामा आज आइसोलेटेड– छिटफुट स्थानमा वर्षा हुनेछ ।’

    पोखरा लगायतका क्षेत्रमा बदली भएको छ । दिउँसोतिर चट्याङसहित वर्षा हुनेछ । बिहीबार रातिदेखि बदली बढ्ने र शुक्रबार देशव्यापी वर्षाको सम्भावना रहेको छ ।

    विशेषगरी पश्चिमी भेगका सबैजसो भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    दिउँसो देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफादेखि आंशिक बदली हुने देखिन्छ । पहाडी भूभागका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाले देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    यस्तो छ शुक्रबार र शनिबारको मौसम पूर्वानुमान
    चैत १४ गते शुक्रबार
    दिउँसोः देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। पश्चिमी भूभागका केही स्थानहरुमा र मध्य र पूर्वका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

    रातिः देशको पश्चिमी र मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

    चैत्र १५ गते (शनिबार)
    दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफादेखि हुने देखिन्छ। पहाडी भूभागका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

    राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफादेखि हुने देखिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…