• चैत्र १३ गते (बिहिबार)

    आज दिउँसो देशको पश्चिमि भू–भाग लगायत मध्य र पूर्वी पहाडि भु–भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा देखि आंशिक बदलि हुने देखिन्छ । पहाडी भू–भागका एक दुइ स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

    आज राती देशको पश्चिमि भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलि हुने देखिन्छ । पश्चिमि भू–भागका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    चैत्र १४ गते (शुक्रबार)

    दिउँसो देशको पश्चिमि भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदलि रहनेछ । पश्चिमि भू–भागका केहि स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

    राती देशको पश्चिमि र मध्य भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदलि रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

    चैत्र १५ गते (शनिबार)

    दिउँसो देशको पहाडि भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा देखि हुने देखिन्छ । पहाडी भू–भागका एक दुइ स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

    राती देशको पहाडि भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा देखि हुने देखिन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…