काठमाडौं : कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउन गरेको छ । मंगलबार लकडाउन पूर्ण रुपमा सफल भएको सरकारको दा’वी छ । नागरिकको सुरक्षाको लागि नै सरकारले लडडाउन गरे पनि केही ठाउँमा भने यसको उल्लंघन भएको छ । नागरिकले सरकारलाई नटेरेको जस्तो देखिएको छ । तर सरकारले भने लकडाउनको उ’ल्लंघन गर्नेले निकै पछुताउनुपर्ने चेतावनी दिएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालले अहिले बाहिर निस्कने र सरकारलाई नटेर्नेले ठूलो मूल्य चुकाउनुपर्ने र आफन्तको श’व समेत हेर्न नपाउने दिन आउन सक्ने भएकाले सचेत हुन उज्यालो अनलाइनसँगको कुराकानीमा आग्रह गर्नुभएको छ । ‘समग्र मा लकडाउन नागरिकले पालना गर्नुभएको छ, उहाँहरुलाई म धन्यवाद भन्छु, धेरैले आफूलाई सुरक्षित राख्नुभएको छ, तर केहीले भने यसलाई पालना गर्नुभएको छैन, उहाँहरुले आफ्नै लागि पनि सोच्नुपर्छ’ ज्ञवालीले भन्नुभयो ।
कोरोनाको औषधि अहिलेसम्म पत्ता नलागेको र संसारका विकसित र स्वास्थ्य अनुसन्धानको क्षेत्रमा अब्बल ठहरिएका देश पनि हायलकायल हुने अवस्थामा रहेकाले नेपालमा पूर्व सतर्कता नै सबैभन्दा ठूलो बुद्धिमानी हुने परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ । तर अहिले सतर्कता नअपनाए पछि पछुताउनुको विकल्प नहुने पनि ज्ञवालीले बताउनुभयो ।
‘अहिले सचेतना अपनाउनुपर्छ, यदि हामीले अटेरी गर्दा भोलि बिरामी हुँदा कोही भेट्न आउन पाउनुहुन्न, दुखद नि’धन भयो भने आफन्तको श’व हेरेर रुन पनि पाइन्न, अवस्था त्यस्तो भ’यावह हुन सक्छ, त्यसैले अहिले सरकारले भनेको कुरालाई पालना गर्न म अनु रोध गर्दछु ।’ कोरोना फैलन थाल्यो भने चैत वैसाखको डढेलो भन्दा पनि छिटो फैलने भएकाले बरु थोरै दुःख परे पनि घरमै बस्न मन्त्री ज्ञवालीले आग्रह गर्नुभएको छ । उज्यालो अनलाइनवाट साभार