• २०७६ चैत १३ बिहिबार

    काठमाडौं । अब घरमै बसेर कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न सकिने भएको छ । यसका लागि नेशनल हेल्थ सर्भिसको निर्देशानुसार एक कम्पनीले घरेलु टेष्ट किट तयार गरेको छ ।

    यो किटले त्यसरी नै काम गर्नेछ जसरी गर्भवती महिलाले घरमै बसेर आफ्नो टेष्ट गर्ने गर्छिन् ।

    केवल एक थोपा रगत मेसिनमा राखेपछि त्यसको नतिजा तत्काल आउने भएको छ ।

    यो टेष्ट मेसिनबाट तपाईलाई कोरोना भाइरसको संक्रमण छ कि छैन भनी तत्काल थाहा हुन्छ ।

    यो मेसिनबाट तपाईको शरीरमा कोरोना विरुद्ध एन्टिबडिज बनिरहेको छ कि छैन भनी समेत पत्ता लगाउने गर्छ । एन्टिबडिज बनिरहेको छ भने कोरोना संक्रमित रहेको पुष्टि हुन्छ ।

    बेलायतको सरकारले सरकारले ३५ लाख एन्टिबडिज टेष्ट गरिसकेको छ । अब सरकारले एनएचएसलाई सबै डाक्टर, नर्स र मेडिकल स्टाफमार्फत आमजनतालाई टेष्ट किट प्रयोग गर्ने तरीका बताउन आग्रह गरेको छ ।

    इंगल्याण्डको नेशनल इन्फेक्सन सर्भिसका निर्देशक प्रा स्यारन पिककले साइन्स एन्ड टेक्नोलोजी कमिटिलाई यो टेष्ट किट एक हप्तामा आइपुग्ने बताएका छन् ।

    त्यसपछि यसलाई बजारमा पठाइने छ । अनलाइन कम्पनी बुट्स र अमेजनमार्फत यो किट किन्न सकिने पनि जनाइएको छ ।

    यसबाट सर्वसाधारणलाई फाइदा पुग्ने र यदि टेष्ट पोजेटिभ पाइए तत्काल उपचारका लागि अस्पताल आउन सक्नेछन् वा मेडिकल टिमलाई घरमा बोलाउन सक्नेछन् ।

    मेडिकल टिमलाई पनि यसले फाइदा दिनेछ । किनकि उनीहरु कोरोना संक्रमितको जाँचमा लागेका कारण आफ्नो जाँचसमेत गर्न पाएका छैनन् । उनीहरुले पनि स्वयं परीक्षण गर्न सक्नेछन् ।

    यो किटको क्षमताको परीक्षण अक्सफोर्ड विश्वविद्यालयमा भएके थियो । सात दिनभित्र यो टेस्टिङ किट बेच्न सकिने पनि जनाइएको छ । यसलाई निकै सस्तोमा वा फ्रीमै पनि दिन सकिने छ । (एजेन्सीको सहयोगमा)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…