काठमाडौं, १३ चैत । नोवेल कोरोना (कोभिड-१९) भाइरसबाट बिहिबारसम्म २१ हजारभन्दा बढीको ज्या न गइसकेको छ । बिहीबार मध्यान्हसम्म २१ हजार २९७ जनाको मृ त्यु भएको छ । १९८ देशमा पुगेको कोरोनाका कारण सबैभन्दा बढी इटलीमा सात हजार ५०२ जनाको ज्या न गएको छ । यस्तै, स्पेनमा तीन हजार ६४७, चीनमा तीन हजार २८७, इरानमा २ हजार ७७, अमेरिकामा एक हजार ३२ र फ्रान्समा एक हजार ३३२ जनको मृ त्यु भइसकेको छ ।
कोरानाले बेलायतमा ४६५, नेदरल्याण्डस्मा ३५६, जर्मनी २०६ र वेल्जियम १७८ जनाको ज्या न लिइसकेको छ । दक्षिण एसियामा कोभिड-१९ बाट २७ जनाको ज्या न गइसकेको छ । भारतमा १३, पाकिस्तानमा ८, बंगलादेशमा ५ र अफगानिस्तानमा २ जनाको ज्या न गएको छ । गत डिसेम्बरमा पहिलो पटक चीनमा देखिएको कोरोनाबाट ४ लाख ७१ हजार मध्ये एक लाख १४ हजार जना निको भइसकेका छन् ।
यसैबीच बेलायतमा कोरोना सं’क्रमितको उपचारमा खटिएकी नेपाली नर्स प्रशुन्ना कंडेल लाइभ आउँदै नेपालीलाई यस्तो अपिल गरेकी छिन् । उनले कोरोनाबाट बच्नका लागि केहि टिप्स डेकी छिन् ।
भिडियो हेर्नुस-
https://youtu.be/AEW1QZY6QbE