चैत १३, पथरी ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउनको समयमा अत्यावश्यक सेवाका साधनको रुपमा बिरामी बोक्न प्रयोग गरिने पथरीको एउटा एम्वुलेन्सले यात्रुहरु ओसारपसार गर्ने गरेको पाइएको छ ।
बुधवार साझ पश्चिम बाट पूर्व जाँदै गरेको को १ च ४६५८ नम्बरको पदमचन्द्र मेमोरीयल हस्पिटल प्रा.लि. पथरी र को.१ च ४६४७ नम्बरको सामुदायिक बचत तथा ऋण सहकारी संस्था इनरुवाको एम्बुलेन्सले यात्रु ओसारपसार गर्ने गरेको पाइएको हो ।
सशस्त्र प्रहरी बेस क्याम्प लक्ष्मीमार्गको टोलीले शंका लागेर चेकजाच गर्दा अस्पतालबाट डिस्चार्ज भएर आएको भनिए पनि कुनै कागजपत्र नभेटिएपछि दुवै एम्बुलेन्सलाई प्रहरी चौकी भाउन्नेलाई बुझाएको थियो ।