एजेन्सी, १३ चैत । भारतले कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई राहत दिन १.७ खर्ब भारतीय रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ ।
बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री निर्मला सीतारमणले भारतीयहरूको खाद्यान्न र अन्य खर्चमा उक्त रकम खर्च गरिने बताइन् ।
उक्त राहत प्याकेजअन्तर्गत ८० करोड जनतालाई तीन महिनाका सित्तैमा खाना दिइने भएको छ ।
कोरोना भाइरसको सं क्रमण नफैलियोस् भनेर भारतमा बुधबारदेखि २१ दिने लक डाउन लागू गरिएको छ ।
लक डाउनका कारण निम्न आय भएका भारतीय मर्कामा पर्ने भन्दै रासन कार्डवालाहरूलाई तीन महिनासम्म सित्तैमा खाद्यान्न उपलब्ध गराउने निर्णय गरिएको हो ।
अर्थमन्त्री सीतारमणले तीन महिनासम्म हरेक व्यक्तिलाई पाँच किलो आटा/चामल र एक किलो दाल दिने बताइन् । रासन कार्डवालाहरूले यसअघि नै पाँच किलो चामल/आटा सित्तैमा पाउँदै आएका थिए ।
सबै गरिब महिलाहरूलाई मासिक एउटा ग्यास सिलिन्डर दिइने उनको भनाइ छ ।
यसैगरि कोरोना सं’क्रमितको उपचारमा खट्ने स्वास्थ्य स्वयंसेवक, स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई ५० लाख बराबरको जीवन बिमा गरिदिने पनि पनि भारत सरकारले घोषणा गरेको छ ।