चैत १४, पथरी ।
मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० वडाध्यक्ष सागर राईले वडा वासीलाई अत्याआश्यक काम बाहेक लकडाउनको समयमा वाहिर नआउनु अनुरोध गर्दै भोकै हुन नदिने प्रतिवद्धता गरेका छन् ।
कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलन नदिन नेपाल सरकारले चैत्र ११ गतेबाट मुलुकलाई लक डाउन गरेको आज चौथो दिन लकडाउन जारी छ
लक डाउन गरेसँगै अत्यावश्यक बाहेकका सम्पुर्ण कार्यालय, कारखाना , उद्योग बन्द भएका छन ।
एकातर्फ बाट संक्रमण नियन्त्रणका लागि लकडाउन अनिवार्य रहेको छ भने अर्को तर्फ दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाईरहेकाहरुको लागि दैनिकी विस्तारै कष्टकर बन्ने निश्चित छ भए पछि राईले यो प्रतिवद्धता जाहेर गरेका छन् ।
लकडाउन कति दिन सम्म जारी रहला भन्ने विषय अनिश्चित बनिरहदा पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० ले विपत व्यवस्थापनमा चासो देखाउन थालेको छ ।
वडाका नागरिकले भोकै बस्न नपरोस भन्ने उदेश्यका साथ विपत व्यवस्थापन समिती मार्फत अत्यावश्यकिय सामाग्री वितरण गर्ने तयारी रहेको वडा अध्यक्ष सागर राईले जानकारी दिए ।
अध्यक्ष राईले देश विदेशमा रहेका शुभचिन्तकहरु मार्फत सहयोग संकलन गरि विपन्न वडावासीलाई खाद्यान्न सहितको अत्यावश्यक सामाग्री वितरण गरिने जानकारी दिए ।
सो कार्यका लागि सहयोग रकम संकलनको शुरूवात भैसकेको जानकरी दिदै वडाअध्यक्ष राईले इजरायलमा कार्यरत नुमा काङ्वा लिम्बुले नगद १५ हजार सहयोग गरेको बताए ।
वडा अध्यक्ष राईले समेत आफ्नो सुविधा वापतको रकम सोही कार्यमा खर्च गर्ने बताउनु भयो। सहयोग प्रदान गर्ने काङ्वा किराँत याक्थुङ चुम्लुङ इजरायलकी वर्तमान प्रथम उपाध्यक्ष तथा आदिवासी जनजाति महासंघ इजरायलकी उपाध्यक्ष रहेकी छिन् ।
१० नम्बर वडा मै संचालनमा रहेको विग वाइट बेकरीका संचालक नवराज चौहानले समेत विपन्न वडावासीका लागि करिव ३ सय प्याकेट विस्कुट प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विपत्तिको समयमा सेवा गर्न इच्छुक देश वा विदेशमा रहनु भएका नेपालीहरुलाई समेत सहयोग गर्न वडा अध्यक्ष राईले अपिल समेत गरेका छन
वडा अध्यक्ष राईका वुवा आमामार्फत यस अघि नै वडामा कोरोना संक्रमणबाट बच्न १ लाख रुपैयाँ बराबरको मास्क वितरण गरि सकिएको छ ।
यता केही दिन अघि स्थानिय युवाहरुको समुहबाट मरणासन्न अवस्थामा पुग्ने गरि कुटिएका सोही वडाका दिपक लिम्बुको विराट नर्शिङ होममा मृत्यु भएको र लास बुझ्न परिवारलाई करिव ६ लाख रुपैयाँ आवश्यक परेको अवस्थामा वडा अध्यक्ष राईले व्यक्तिगत रुपमा १० हजार रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ । अहिले शव अस्पतालबाट निकाल्ने प्रक्रिया थालेको राईले बताए ।
मृतक लिम्बुको परिवार यति बेला आर्थिक अभावमा दिपकको लास बुझ्न नपाउदा थप पिडामा रहेको छ । पिडित परिवारले सम्पुर्णमा सहयोगका लागि अपिल समेत गरेको छ ।
कुटपिटमा संलग्न एकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ भने अन्य २ फरार रहेका छन ।