• चैत १४, पथरी ।
    मोरङको विराटनगर अस्पतालले उपचारका क्रममा मृत्यु वरण गरेका पथरी शनिश्चरेका दिपक लिम्बुको शवलाई फोहोरमैला राख्ने स्थलमा फालिदिएको छ
    मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का २७ वर्षीय दीपक लिम्बूलाई छिमेकी तीनजनाले पिटेर घाइते भएपछि विराटनगर अस्पतालमा उपचार गराउँदा गराउँदै चैत १३ गते बिहान ६ बजे मृत्यु भएको थियो ।
    सात दिनको उपचारमा औषधी र ल्याप बाहेक अस्पतालले उपचार खर्च ३ लाख ८० हजारको बिल उठाएको छ ।
    आर्थिक अवस्था कमजोर भएको कारण अस्पतालको बिल तिर्न नसक्दा दीपक लिम्बूको शव २ दिनदेखि घामले भेट्ने ठाउँमा फालिदिएको मृतककी बहिनी मनु लिम्बूले बताइन् ।


    अस्पतालमा जानासाथ पैसा तिर्न हप्कीदप्की हुनथालेपछि मनु भने अस्पताल परिसरभन्दा बाहिरै बस्दै आएकी छन् ।
    उनलाई भित्र पस्नासाथ अपमानित शब्द प्रयोग गरिन्छ । शुक्रवार बिहान ज्वाइँ गंगाबहादुर लिम्बूलाई हेर्न पठाउदा दाजु दीपकको शव बाहिर फालिएको अवस्थामा रहेको पाइएको हो ।
    मनुले भनिन् “बरु कुकुर, बिरालोको मरण सम्मानजनक होला । मेरो दाईको अनुहार हेर्न पाउनु त कता हो कता बाहिर फालिदिएको रहेछ ।”
    अस्पतालले यसअघि पनि पैसा नतिरे सडक फालिदिने धम्की दिएको मनुले सुनाइन् । नकुहोस भनेर शव राख्ने ठाउँमा राख्दिनुस् भन्दा छैन भनेर हप्काइएको उनले बताइन् ।


    उपचार खर्च तिरेर शव निकाल्नका लागि वडाध्यक्ष सागर राईले व्यक्तिगत रुपमा १० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् भने स्थानिय केही जुटेर शव आर्थिक संकलन गर्दै शव निकाल्ने प्रयास गरिरहेका छन ।
    दीपकको शव फालिएको बारेमा अस्पताल संचालक डा. ज्ञानेन्द्र गिरीलाई सम्पर्क गर्दा प्रशासन अधिकृत सुवाष पोख्रेललाई भनिदिने बताए । पोख्रेलको नम्बरमा भने फोन सम्पर्क हुन सकेन ।
    यसरी मृतक शव फालिएको दीपक लिम्बूको घर संघीय स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निर्वाचन जितेको मोरङ–३ मा पर्दछ । स्वास्थ्यमन्त्री भएको क्षेत्रमा पैसा तिर्न नसकेकै कारण शव फालिनु दुखद बिषय हो ।
    दीपकलाई कुट्ने मुस्कान राई बाहेक अरु दुई जनालाई इलाका प्रहरी कार्यालय पथरीले पक्रन सकेको छैन ।
    मनुलाई दाजु कुटिएर मारिनुको पीडा त छँदैछ, शव शवगृहमा नराखी फालीदिएर अस्पतालले थप पीडा दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…