सूचना प्रबिधिीको बिकासले संसार ‘एकै छानो मुनीको घर’ जस्तै भएको वर्तमान दुनियाँ अनि बढ्दो ग्लोबलाईजेशनको प्रभावले आज हामी हिजोका दिनमा जस्तो परेवाको खुट्टुमा चिट्ठी पत्र बाधिदिएर “लैजा चरी हावा सरी” भनेर आसे भरोसे अवस्थामा पक्कै बस्नु परेको छैन ।
श्रीमती गर्भवती भएको खबर सहितको चिट्ठी ससुराली पठाएको ज्वाइले छोरी जन्मेर कक्षा ३ मा पढ्दा मावली घर जादा त्यो पत्र त्यही दिन पुगेको जस्तो हुलाकको बिलम्ब सेवा पनि अबको पुस्तालाई केवल एका देशको कथा जस्तै लागिसकेको छ । हिजो जसरी सुचना गुमराहमा बस्नु पर्ने अवस्थामा छैनौं हामी आजका दिनमा।
२००७ सालमा मुलुकमा प्रजातन्त्र आएको कुरा हुम्लाका जनता ले २००८ सालको अन्त्य तिर सुनेका थिए रे । प्रबेशीका परिक्षाको नतिजा हेर्न हिजो केवल एक मात्र सरकारी समाचार पत्र थियो, नतिजा आएको एक साता भन्दा पछि सदरमुकाम पुगेर गएर पत्रिका ल्याए पछि मात्र जानकारी पाइन्थ्यो ।
धेरै पनि भएकै छैन, केहि वर्षकै अन्तरालमा संचारजगतले हाम्रो देशमा यति छिटो पाइला चालिरहेको छ कि यसले अन्य धेरै पुर्वाधारका सुचकाङ्कलाई समेत पछि पार्दै आफुलाई अब्बल सावित गरेको छ ।
हाम्रो जस्तो बिकासोन्मुख मुलुकमा त यसले यति चाडो आफ्नो प्रभाव बिस्तार गरेको छ भने झन बिकशित मुलुकहरुमा सुचना प्रबिधिको बिकास कसरी भइरहेको होला हामी सहजै अनुमान लगाउन सक्छौं । आज यहाँ प्रस्तुत गर्न लागिएको बिषय भनेको युट्युब मिडिया अनि यसले समाजमा फैलाईरहेको बिकृतीसँग समबन्धित छ ।
केहि दिन अगाडि देखि मैले यस बिसयमा लेख लेख्न धेरै रिसर्च गरे अनि के यो ट्रेन्ड नेपालमा मात्र हो त भनेर बुझ्दै जादा यसले सारा बिश्व भरी नै ‘बेतुक’ को खबरलाई चाडो फैलाउने (भाइरल) हुने प्रबृति रहेको पाइयो । जुन कुरा को नियमन गर्न धेरै मुलुकहरुले प्रबावकारी सम्यन्त्र नै बनाएर परिचालन गरिसकेको र यस्ता किसिमका अफवाह फैलाउने काम गर्ने सबै सामाजिक सन्जालहरुलाई कारवाही गर्ने गरेको पाइयो ।
वास्ताबिक सुचनालाई अनावस्यक रङ लगाइ अनेकौं फुल बुट्टा भरेर कुन शब्द, शिर्षकले तुरन्तै कौतुहलता देखाउछन्, त्यो शिर्षक लेखी भित्र बेतुकको समाचार सामाग्री राख्ने मुलुकमा सायद हाम्रो नाम अग्रपंतिमै सायद आउछ होला । के यी अफवाह कै निमित्त मात्र यस्ता सामाजिक सन्जालको प्रार्दुभाव भएको हो त ? यी र यस्ता बिसयमा कलम चलाउनु अघि यसको इतिहास अध्ययन गर्नु आवश्यक भएको हुँदा मैले बुझे सम्म देहाय अनुसारका लागि यस्ता केहि तीन महत्वपुर्ण सन्जालको बिकास भएको पाइयो ।
इन्टरनेट :
टिम बर्नर्स लीले सन १९६० को दशकमा अमेरिकाको रक्षा बिभागको अनुसन्धान गर्नका लागि बिकास भएको इन्टेरनेट अहिले यसको प्रयोगकर्ता तीन अर्ब माथि रहेको छ । सुरुवात ताका ‘अर्पनेट’ नामाकरण गरिएको यसको नाम पछि मात्र ‘इन्टेरनेट’ भएको हो । यसलाई पछि अक्सफोर्ड विश्वबिद्यालयले बिस्तार गरेको थियो । सुचना आदन प्रदान गर्न छिटो छरितो बनाउन यसको सुरुवात भएको मानिन्छ ।
फेसबुक :
युवा विद्यार्थी जुकर्वर्कले सन २००५ मा आफ्ना हाराएका प्रियजन भेट्न सकिन्छ कि भन्ने हेतुले स्थापना गरेका एक गुगल इन्जिनले अत्यन्तै छोटो समय मै यति लोकप्रियता हासिल गर्यो कि आज बिश्वको १ दसमलब ७ बिलियन जनसङ्ख्याले यो सेवाको प्रयोग गरिरहेको पाइएको छ ।
सन् २००७ मा यसको ब्यापक सम्भावना देखेर बिश्वको ठूला औद्योगिक घराना माइक्रोसफ्टले यो सन्जाल आफैले खरिद गरी यसका संस्थापकलाई नै प्रमुख बनाएर सेवा प्रवाह गर्न लागे पछी भने त्यी युवा विद्यार्थीले कहिलै पछाडी फर्केर हेर्नु परेन यानिकी यसले यति चाडै छलाङ मारेर एक कोशेढुङ्गा नै साबित गरी दियो । समाजिक संजाल मध्य सबै भन्दा लोकप्रिय यो सन्जाल बनाउने बिद्यार्थी हिजो कलेज फी तिर्न पार्ट टाइम काम गर्ने गरेकोमा अहिले फोर्ब्स म्यागजिनका अनुसार उनी बिश्वको पाचौं धनी ब्यक्ति भित्र परेका छन् ।
युट्युब :
सन् २००५ मै हुर्लेर्ल्री चेड हर्ली, स्टीब चेन अनि जावेद कारीम नामक एप्पल कम्पनीका दिग्गज आइटी इन्जिनियरहरुको संयुक्त पहल कदमीमा यसको सुरुवात अथवा आबिस्कार भएको मानिन्छ । फेब्रुअरी १४ यानिकी प्रणय दिवशका दिन डेटिङ साइट्का लागि बनाएको यस साइटले पनि स्थापनाको छोटो समयमै यसले पनि आफ्नो बिकासमा फेसबूकले झै छलाङ नै मारेको छ ।
स्थापना कै १८ महिना पस्चात गूगल जस्तो प्रसिद्ध इन्जिनले यो खरिद गरेपश्चात यसले दिन दुर्इ गुणा रात चौगुणा ब्यपकता पाएको हो । एक सर्बे अनुसार हाल युट्युबमा दैनिक सरदर एक करोड भिडियो अपलोड हुने गर्दछ भने हाल यसको प्रयोगकर्ता डेड अरब भन्दा माथि रहेको छ ।
तर, तत्समय तत्कार्यका लागि स्थापना भएका यस्ता संजालहरु मध्य हाम्रो मुलुकमा आइपुग्दा युट्युब मिडियाहरुले पस्कने अतिरन्जना सहितको बेतुके खबरले जग हसाइ भइरहेको छ । के भन्दा चाही धेरै भन्दा धेरैले त्यो हेर्छन अनि आफ्नो भ्युज र सब्स्क्राइब बढ्छ, त्यस्तै त्यस्तै ‘पाङ न पुच्छर’ का शिर्षक राखेर अतिरन्जना सहित खबर सम्प्रेशण गरिरहदा बिपदको बेलामा जनताहरु थप अन्यौलमा हुने र झन डर चिन्ता थपिने गर्दछ ।
यस्ता भ्रामक खबरले जनमानसमा पार्ने प्रभाव आकलन नै नगरी इलजिकल कुरालाई बढाइ चढाइ गर्ने प्रबृतीले त्यसै त चिन्ता र डरको अवस्थामा बसेका सर्बसाधारण हरुमा थप चिन्ता बढाउने काम यिनै कुपात्रहरुले गरिरहेका छन् ।
यसो बाहिर तिरका बिदेशी मिडियाहरु हेर्यो, जहाँ कत्ती चाखलाग्दा समाचारहरु आइरहेका हुन्छन्, बिश्वका मिडियाहरुले “आज नासाका बैज्ञानिकहरुले यो पत्ता लगाए , बिश्व बजारमा आज यती अङ्कले कारोबार भयो, इरान र उत्तर कोरियाले संयुक्त रुपमा सैन्य अभ्यास गर्ने घोषणा, एप्पल कम्पनीले माइक्रोसफ्टसँग मिलेर यति रकम समाज सेवाका लागि बिनियोजन लागायतका खबर पस्किरहेको बेला तर हाम्रा हाम्रा बिचरा मिडियाहरु चाही “एसबाट नाम आउनेले मिठो खाना पकाउछ्न रे, सुपा देउराली मन्दिर् : जहाँ लाईक गर्दिना साथ नसोचेको कुरा पुरा हुने गर्छ्, भुमी सुधार मन्त्रीले स्याङ्जा पुगेर गरिन कर्मचारीहरुलाई निर्देशन : काम राम्रोसँग गर्नु, तेह्रथुमको सामुहिक हत्या प्रकरणमा मुलधारका मिडिया भन्दा अगाडी यिनै कुपात्रहरु पुगेछन् र त्यहाँको बातावरण लाईभ दिदै एक सत्यले सो दुर्घटनामा बाच्न सफल सानी बच्चीलाई सोधेको प्रश्न देख्दा जो कोहीले पनि भाटो निकालेर बजाउन मन लाग्ने थियो । “सबै भन्दा पहिला कसलाई काट्यो, अनि रगत कती जती आयो, तिम्रो मनमा त्यो देख्दा कस्तो फील भयो ?
तिमी अहिले त्यो मान्छेलाई भेट्यौ भने के गर्छौ” जस्ता एकदमै सम्बेदनाहिन प्रश्न सोधेको हुँदा त्यस्तालाई खबर सम्प्रेशण गर्ने अधिकार कसले दियो ? २०७२ सालको भुकम्प जादा, सबै जनता डर चिन्तामा बसिरहेका बेला यिनीहरु चाही अझै ९ रेक्टरको भुकम्प जान्छ भनेर नासाले भन्यो रे, एकछिन पछी आउछ रे, यती बजे आउछ रे, उति बजे आउछ रे, अनेक अनेक डर देखाइदिएर आफ्नो भ्युज बढाउन खोज्ने तोरीलाहुरे प्रबृती बाहेक अरु केहि बाकी देखिन्न् ।
बिसय केहि पाउदैनन् अनि कहिले जोगी, कहिले भोगी, कहिले ढोङ्गी, कहिले रोगीलाई मिडियामा स्थान दिएर आफ्नो गुजारा चलाउने परिपाटी । खबरको हेडिङ देख्दा पनि झर्को लागेर आउने हुन्छन् । उदाहरणका लागि जस्तै शिल्पा रुदा रुदा साउन भदौको बर्खाको पानी भन्दा धेरै आसु झर्यो, दयाहाङ राइलाई सन्तान प्राप्ती, के जन्मियो हेर्नुहोस्, बरिष्ठ बिश्लेशक पुण्य गौतमले गरे एक खुलासा : यो सरकार जनताको हितमा छ, अन्तरवार्तामै सुरेन्द्र केसी यसरी भक्कानिए, धुर्मुस सुन्तलीकै सामुन्ने सुबोध गौतमले पिसाब उम्कने गरी यसरी हसाए, बरिष्ठ नारी अधिकारबादी नेत्री साबित्री सुबेदीले भनिन् : आफ्नो रजस्वलाको रगतले मन्दिरको भित्ता पोत्न मन छ, सासु बुहारीको झगडामा : हेर्नुहोस बुहारीको एक मुठी कपाल भुत्याएर सासुले भनिन् : अझै रिस मरेको छैन, हनिमून पछी नायिका रिचा शर्मा पहिलो पटक मिडियामा : भनिन मज्जा आयो, अध्यक्ष प्रचण्डले बिहान बिहान व्क्सरसाइज गर्न साइकल चलाउछन्, आम्मामा गगन थापाको अहिले सम्मको डरलाग्दो खुलासा : कम्म्युनिस्ट सरकारले जनहितमा काम गर्न सकेनन्” फलानो नेताले सर्बजानिक मिडियामा भने देशको बिकाश गर्नु पर्छ’’ आदि इत्यादी ।
कुनै बिसय बस्तु नपाए पछि एक राम्रै भ्युज भएको यु ट्युब मिडियावाला को ५ आमा जग्गा रहेछ दहचोक मा । अनि त्यो बिक्री भएको रहेनछ, त्यो बेच्नलाई उनले त्यो जग्गा सम्म जाने लाईभ प्रशारण गर्दै अहिले लगानी गरेर छोड्यो भने यो जग्गाले ४÷५ साल पछी यत्ती धेरै फाइदा दिन्छ भन्दै अनेक अनेक बर्ब बाराउदै थिए ।
केहि दिन अघी मात्रै “टेकु, नर्भिक अनि बिरगन्जमा कोरोनाले नेपालीको मृत्यु” खबर बिना स्रोत, बिना सत्य बिना प्रमाणका भरमा प्रसारण भयो अनि स्याल हुइयाले बुझ्दै नबुझी युट्युब्बे कै पछी लागेर हाम्रा केहि मुलधारका मिडिया कर्मीले पनि ब्रेकिङ न्युज नै बनाए तर जुन असत्य साबित भयो र उनीहरुले एक प्रेस बक्तब्य नै जारी गर्नु पर्यो । यस्ता भ्रामक र दुःख दिने खालका खबर प्रकाशन गर्नेलाई भरपर्दो कानुनी कारबाही गर्न सकिएन भने यी तोरीलाहुरेहरुको मनोबल झन बढेर जान्छ र कालन्तरमा यिनीहरुले आफु हिट कसरी हुन सकिन्छ, केवल त्यो मात्र गरेर जनमानसमा झन अन्यौलता छर्छन ।
के माथिका कुनै खबर शिर्षकमा कुनै दम वजन अनि तुक छ होला र ? कसले भने बरिष्ठ त्यस्ता स्वाठहरुलाई अनि नेताले देश बिकास गर्नु पर्छ भन्दा त्यो पनि थोडी न्युज शिर्षक बन्छ होला र ? यसो सम्झदा लाग्छ धिक्कार हाम्रा मिडिया अनि झन धिक्कार त्यस्ता पित पत्रकारिताका मसिहाहरुलाई । जसलाई अरु कसैको कुनै पर्वाह छैन । यो सबै देख्दा र सुन्दा यसका आबिस्कारकहरु पनि हाम्रा देशमा आए भने “धिक्कार मैले के यतिका लागि नै हो त यत्रो दुःख गरेर यसको आबिस्कार गरेको” भनेर ओठ लोपार्दा हुन ।
यहा मैले बुझ्न नसकिरहेको कुरा चाहि, यी युट्युबहरुलाई समाचार प्रकाशन प्रसारण गर्न अनुमती कसले दियो ? यदी बिना अनुमती उनीहरुले जथाभावी बेलगाम बर्बाराउदै हिड्छन भने त्यो गैर्हकानुनी काम भइरहदा राज्यले किन कठालो समाएर तह लगाउन नसकेको होला ?
केहि पहिला मात्र नेपाल सरकारले जारी गर्न लागेको मिडिया बिध्ययकले यि र यस्ता मिडिया पोर्टलहरुलाई नियमन गर्ने कुरा उल्लेख भएको थियो जुन सन्सदबाट पारित हुनु अगाडी मुलधारका मिडिया अनि राम्रा पत्रकारहरु समेतले बिरोध जनाएको कारण स्थगन भएको छ । जहाँ सबै कुरा राम्रा नभएको भए पनि यस्ता युटुब्बे हरुलाई तह लगाउने खालका केहि धारा अत्यन्तै सर्हानिय थियो तर अपसोच त्यो पास हुन पाएन ।
यस आलेखको मुल मर्म त्यी राम्रा, खोज मुलक अनि यथार्थ परक खबर अनि मनोरन्जनात्मक सामाग्रीहरु प्रसारण गर्ने यु ट्युबकारहरुलाई निरुत्साहन गर्न खोजेको चाही पक्कै होइन । यो केवल यी खुरापाती आत्माहरुलाई शाब्दिक झापड हान्न खोजिएको हो जसमा जनमानसको कर्तब्यबोध एक रत्ती पनि छैन । अन्त्यमा मेरो सरकारसँग एक मात्र अनुरोध यो छ कि , युट्युबको काम केवल सिमा भित्र बसेर मनोरन्जनात्मक समाग्रीहरु पस्कने हो । यिनीहरुले पत्रकारिता गर्ने होईन अनि सामाजिक सन्जालले पनि आफ्नो परिधि नाग्नु भएन ।
यस्ता भ्रामक खबर सम्प्रेशण गर्ने च्यानलहरुको प्रकाशन तुरन्तै बन्द गरिदिनु पर्दछ र त्यस्ता खबर दिने एड्मिनहरुलाई कारबाहीको दायरामा ल्याउन कानुन द्रुत मार्गबाट बनाएर भए पनि यस्ता गलत कामलाई निरुत्साहित गरिहल्नु पर्छ अन्यथा यस्ता युट्युब्बेहरुले समाजमा झन आतङ्क सिर्जना गर्द छन् भने बिपतका समयमा झन पिडा माथि पिडा थपिदिने काम गरिरहेका छन् ।
जसलाई पत्रकारिता को प समेत थाह छैन अनि आम सन्चारको इथीक समेत थाहा नहुने स्वाठ हरुले एउटा डि एस एल आर क्यामेरा घाटीमा झुण्ड्याउन साथ सन्चारकर्मी अरे । न त कुनै दर्ता, न कुनै कार्यालय न कुनै आबद्दता न त कुनै हिजाजत न त कुनै सेन्सरसिपको पालना, न कुनै सामाजिक दायित्व ।
भ्युज कै आधारमा बिज्ञापन सङ्कलन गरी पैसा असुल्ने हसुरी प्रबृती । दुःखी भोका नाङ्गाहरुको सम्बेदनसिल भिडियो समेत बनाइ उनीहरुको दयनिय अवस्थालाई झन कारुणिक बनाएर शुभ चिन्तकहरु बिशेस गरी परदेशिएकाहरु बाट रकम असुली गरी लाख उठाइएको छ भने केहि केजी चामल र केहि जोर कपडा किनिदिएर त्यस्ता राहतलाई अनेक अनेक फुल बुट्टा भरेर भिडियो बनाएर त्यसलाई बाघ नै मारेर आएको जस्तो अनेक गर्जनका साथ एनिमल प्लानेटमा बन्यजन्तु खोज्न जादा “ओह माइ गड” भनेर बोले जसरी “उफ उफ” गर्दै के के न गरेको जसरी भिडियो एङ्गल एङगल बाट खिची सोलाई उही आम्मा मा वाला सिर्शक दिइ सो बाट भ्युज अनि सब्स्क्राइब बटुल्ने “युटुब्बे कुपात्रहरु” ले गर्दा आज धेरै राम्रा राम्रा काम गर्न चाहने पत्रकारहरु र असल नियतका युट्युब सन्चालकहरुले समेत बदनामी हुनु परेको छ ।
फेसबूक्, युट्युब्, भाइबर लगायतका सन्जालहरुले प्रायः सबै मुलुक हरुमा आफ्ना आफ्ना प्रतीनिधीहरु नियुक्त गरेका हुन्छन जसले सो मा हुने अमरयादित पोस्टहरुलाई सेन्सर गर्ने काम त पक्कै गर्दछ तर कुतर्कहरु अनि सम्बेदनाहिन कुराहरुलाई यसले अटो सेन्सर गर्न सक्दैन तसर्थ यस्ता काम नलाग्ने खालका जथाभावी पोस्ट्याइ गर्नेहरुलाई नियमन गर्न यो सँग सम्बन्धी कानुन बनाएर ब्यबस्थित गर्न ढिलो भइ नै सकेको छ । सबै तालुकदार निकायलाई बेलैमा चेतना भया ।
निर्मल घिमिरे, जापान ।