चैत १४, काठमान्डौ
कोरोना भाइरस बाट थप एक नेपाली संक्रमित भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।
३४ वर्षीय नेपाली पुरूष दुबई बाट नेपाल आएका थिए उनि ११ गते अस्पताल भर्ना भएका थिए ।
डा देवकोटाले उपत्यका बाहिर पहिलो पटक कोरोनाको संक्रमण देखिएको र बिरामीको कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहकोे बताए । यसअघि नेपालमा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये एकजना निको भइसकेका छन् ।
यस्तै पथरी बाट मोरङ मिक्लाजुङको टाडीको क्वारेनटाइनमा भर्ना हुनेको सङख्या ८ पुगेको छ ।
गत चैत ६ गते फ्लाई दुवईको जहाजबाट नेपाल आएका पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० का वर्ष ३० पाख्रिन थरका र अर्का वर्ष २९ का तामाङ थरका व्याक्ति रहको नगरपालिकका स्वास्थ्य संयोजक मुरारी आर्चायले बताए ।
उनिहरु दुवैको स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि अहिले सम्मको संक्रमणको अवस्थालाई हेर्दा विदेश बाट नेपाल प्रवेश गरेका हरुमा संक्रमण भेटिएका कारण क्वारेन्टाइन पठाइएको आर्चायले बताए । यो सगै पथरी बाट क्वारेन्टाइन भर्ना हुनेको संख्या ८ पुगेको बताइएको छ ।
क्वारेनटाइनमा रहदा दैनिक उपभोग्य बस्तुहरुको समेत व्यावस्थापन भएका कारण बैदेशीक रोजगार बाट फर्केका कोही त्यस्ता युवाहरु नगरपालिका क्षेत्रमा भए सम्वधित वडा कार्यालयमा सम्पर्क गरिदिन समेत नगरपालिकाले अपिल गरेको छ ।