१५-चैत्र-२०७६
नेपालमा लामो समयदेखि रहेको राजतन्त्र हटेपछि । त्यसका अन्तिम शासक ज्ञानेन्द्र अहिले सर्वसाधारण सरह हुनुन्छ । उहाँले समय समयमा जनहितका सुझाव दिनुुहुन्छ । उहाँको पछिल्लो आग्रह यसप्रकार छ । कोरोना भाइरसको बढ्दो प्रभावले मुलुक नै संकटमा परेका बेला सरकारीमात्र नभएर सम्पुर्ण निजी स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकतामा राखेर उपचार सेवा प्रदान गर्नु आवश्यक छ।
कोरोना संक्रमणको आशंका गरिएका बिरामीहरुको स्वास्थ्य परीक्षणमा कतिपय नाम चलेका निजी अस्पतालले आनाकानी गरिरहेको समाचार प्रवाहित भइ रहेका बेला सामाजिक संजाल ट्विटरमार्फत पुर्बराजा शाहले सो कुरा बताउनु भएको हो।
वहाँको ट्विटमा बनिएको छ” कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देशभित्र सन्चालनमा रहेका सरकारीमात्र नभई सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनैपर्छ , संकटका बेला पछि हट्नु , कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ।यो संबेदनशिलतालाइ सरकारले पनि मनन गर्नुपर्छ ।”