चैत १५, काठमाडौं ।
बेल्जियमबाट कतार हुदै नेपल आएकी एक १९ वर्षीय युवतीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ ।
चैत ४ गते क्यआर ६५२ नम्वरको फ्याईट बाट कतार हुदै नेपाल आएकी वाग्लुङकी ति युवतीको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोभिड(१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले बताउनु भयो । उनि उपत्यका बाहीरी युवति रहेको जनाइएको छ ।
अहिले सम्म कोरोना ८७५ बटा टेष्ट गरिएकोमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० जना विरामीहरु रहेका छन जसमध्ये ४ जना आइसोलेसनमा र ६ जना क्वारेनटाइनमा रहेको देवकोटाले बताए ।
उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।