२०७६ चैत १५ शनिबार
काठमाडौं। नेपालमा पाँचौं कोरोना भाइरस संक्रमित पुष्टि भएको छ। बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन्।
उनी चैत्र ४मा नेपाल आऐकी थिईन्। उपचारका लागि उनलाई काठमाडौं ल्याईंदै गरेको बताईएको छ। यसअघि चार जनामा संक्रमण देखिएको थियो। चार मध्य १ उपचार पछि घर फर्किसकेका छन्।