• ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार अपरान्ह भएको आगलागीमा २ घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार एकै परिवारका दुई दाजुभाई फुङलिङ नगरपालिका वडा नम्बर ४ हुलाक लाइन स्थित डिकहादुर खवास र दिलबहादुर खवासको घर जलेर नष्ट भएको हो। अहिले फुङलिङ नगरपालिको दकमल, नेपाली सेना, नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन्। प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगो नियन्त्रण उन्मुख रहेको बताए। अगलागीको कारण खुलेको छैन। कुनै मानवीय क्षति नभएपनि आगो पूर्ण नियन्त्रणमा आउन केहि समय लाग्ने प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…