• तरहरा/पाहुना टाेली गरिफा स्पोटिङ क्लब कलकता भारत मदन भण्डारी स्मृति इटहरी गोल्डकपकाे अन्तिम चारमा प्रवेश गरेको छ । आयोजक राष्ट्रिय जागृति क्लब इटहरीलाई १ –० गोलले हराउँदै गरिफा अन्तिम चारमा प्रवेश गरेको हो ।

    घरेलु मैदानमा खेलाडीहरु विच तालमेल नमिल्दा सुरुवाती मिनेटमै गरिफाका सिसे सोलासले गाेल गरे । उनको गोल नै अायाेजककाे लागि महंगाे सावित भयाे । अायाेजकले खेल आफ्नो पक्षमा राखेता पनि स्कोर ननिकाल्दा आयोजक स्तब्ध बन्याे । वारम्वार अट्याक गरे पनि नतिजाविहीन बन्न पुग्याे । अफ्रिकियन खेलाडीसहित मैदानमा उत्रिएको गरिफाले सुरूवाती चरणदेखि नै डिफेन्सिफ खेल खेलेकाे थियो ।

    सुरुवाती चरणमै गोल गरेर सुरक्षित बनेकाे गरिफाले फरवर्ड बाहेक सबै खेलाडी मिड लाइन कटेनन । आयोजकको घरेलु मौदान भएको कारण पनि मौदान सँग परिचित भएका खेलाडीले वारम्वार पोल एटेम्म त गरे तर भारतबाट अफ्रिकन खेलाडी निकै अग्ला भएका कारण पनि गोल पोष्ट चुम्न सकेन । दोस्रो हाफको २२ औ मिनेटमा वान मेन वान बल पाएका तामाङलाई भारतीय खेलाडीले लडाउँदा आयोजक गोल गर्ने अवसरबाट चुकेको थियो ।

    लगातै फ्रि किक पाएको आयोजकले गरेको प्रहार पनि सदुपयोग हुन सकेन । ३ भारतीय खेलाडीको घेराबन्दीमा परेको स्टाईगर तामाङ त्यती राम्रो चल्न सकेनन् । दर्शकको पूर्ण समर्थन पाएको आयोजकले खेल आफ्नो पक्षमा राखे पनि जाली मुमाउँन नसक्दा घरेलु मौदानमै हार बेर्होनु पर्यो । अन्तिम क्वाटर फाईनल खेलको म्यान अफ द म्याच आयोजकका प्रवेश दनुवार घोषित भए । उनलाई एन्फाका केन्द्रिय उपाध्यक्ष किशोर राईले नगद १० हजार हस्तान्त्रण गरे ।

    आयोजकका कोच श्याम मानन्धरले गरिफा भारतको खेल थाहा नभएको कारण आयोजकले घरेलु मौदानमै हार बेहोर्नु परेको वताए । सुरुवाती समयमा खेलाडीको कम्युनिकेशन नमिलेको कारण गोल खाएको त्यो सँगै रणनिति बदली ४ वाई ४ खेलाई ग्याम आफ्नो पक्षमा लिए पनि स्कोर गर्ने खेलाडी चुकेको वताए । भारतका टिम म्यानेजर सञ्जय विश्वासले नयाँ मौदान भएकको कारण आफ्नो टिमले सोचे जस्तो खेल्न नसकेको वताउँदै अर्को प्रतियोगितामा खेलाडीहरु फममा आउँने र उत्कृष्ट खेल प्रस्तुत गर्ने वताए ।

    राष्टिय जागृति क्लब इटहरीको आयोजनामा नेपालकै सर्वाधिक राशीको प्रतियोगितामा यसै वर्ष देखि सुरु गरेको हो । विजेताले १२ लाख नगद, २.५ तोला सुन र ८० तोला चाँदिबाट निर्मित ट्रफि प्रदान गरिने छ भने उपविजेतालाइ नगद ५ लाख पाउँने छन । बधवार पहिलो सेमिफाईनल खेल थ्रिस्टार क्लब काठमाण्डौ र विभागीय टिम त्रिभुवन आर्मी क्बल काठमाणै बिच हुने आयोजकका कोबित कार्कीले वताए ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …