२०७६ चैत १६ आइतबार
काठमाडौँ । जब कसैको मृत्यु हुन्छ, तब जसलाई तपाइले प्रेम गर्नुहुन्छ, उसलाई आखिरी पटक देख्न र सम्मानका साथ बिदा गर्नु जरुरी हुन्छ ।
तर कोरोनाको इपिसेन्टर रहेको इटालीमा अहिले आफ्ना प्रियजनको अन्तिम बिदाई गर्ने अवसरबाट बन्चित भएका छन् ।
यो एक किसिमले मृतकलाई दिने सम्मान खोस्नु र परिवारका सदस्यको दुख बढाउनु जस्तै हो ।
एन्ड्रीया सेरोटा मिलानको एक अन्तिम संस्कार गर्ने घरमा अन्डरटेकरको काम गर्छन । उनी भन्छन् – ‘यो महामारीले तपाईलाई एक पटक होइन दुई पटक मारिरहेको छ ।’
उनी भन्छन्-‘पहिलो त यो रोग लागेपछि तपाईलाई आफ्नो परिवारबाट अलग गर्छ, त्यसपछि तपाईलाई नजिक पनि आउन दिदैन, परिवारको लागि यो निकै मुश्किल समय हो । यो अवस्था स्वीकार गर्न जो कोहीलाई पनि निकै मुश्किल छ ।’
इटालीमा अहिले कोरोनाबाट मृत्यु भएकाको अन्तिम संस्कार नयाँ समस्या भएको छ । उनीहरुको अन्तिम संस्कारमा परिवारका सदस्य उपस्थित हुने अवस्था छैन । सक्रमण फैलिने डरले अस्पतालमा उनीहरुलाई आफ्ना प्रियजनलाई अन्तिम पटक भेट्न पनि प्रतिन्ध लगाइएको छ ।
सेनाका ट्रकले शव व्यवस्थापन गर्न लिएर जादै, तस्वीर : एपीएफ ।
यद्यपी स्पेनको स्वास्थ्य मन्त्रालयले मृत शरीरमा भाइरस नहुने बताएको छ । तर भाइरसका कारण मृत्यु भएकाहरुले लगाएको कपडामा भाइरस केहि समय जीवित हुने हुनाले भेटका लागि प्रतिबन्ध लगाइएको छ ।
केमोनामा शवलाई अन्तिम संस्कारको लागि तयार गर्ने काम गर्ने मसिमो मनकेस्ट्रोपा भन्छन् –‘कैयौ परिवारले हामीसँग सोध्छन, की क्या हामीले आफ्नोआफन्तलाई अन्तिम पटक भेट्न सक्छौं । ट्र हामीले त्यो अवसर दिन सक्दैनौं । प्रतिबन्धका कारण ।’
इटालीमा मृत्युपछि शवलाई सो व्यक्तिको मनपर्ने कपडा लगाएर सजाउने र उसको अन्तिम संस्कार गर्ने चलन रहेको छ । तर अहिले इटालीमा यस्तो छैन । कोरोनाबाट मृत भएकाहरुको अन्तिम संस्कार गर्दा अस्पतालको गाउनसहित गाडिएको छ ।
मनकेस्ट्रोपाले भने यस्तो मुश्किल समयमा आफुले जति गर्न सकिन्छ त्यति गरेको बताउछन ।
अहिले इटालीमा शवको अन्तिम संस्कार गर्ने यस्ता अन्डरटेकरहरु अहिले कैयौ भूमिकामा छन् । उनीहरु मृतकको परिवारको, साथीको र एक पादरीको भूमिकामा निभाइरहेकी छन् । अहिले उनीहरुले मृतकका परिवारका सदस्य क्वारेन्टाइनमा हुने हुनाले सबै जिम्मेवारी निभाएको बताउछन् ।
सेराटो भन्छन् – ‘हामीले परिवारका सदस्यलाई प्रमाणको लागि एक तस्वीर पठाईदिन्छौं र शवलाई गाडी दिन्छौं । परिवारहरुसँग अहिले हामीलाई विस्वास गर्नुको अर्को विकल्प छैन ।
उनी यस्तो मुश्किल समयमा यो निकै मुश्किल काम बनेको छ की परिवारको दुख कम गर्न केहि गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दछन् ।
सेराटो भन्छन्- ‘हामी मृतकलाई कपडा लगाई दिन, मृत शरीरलाई सजाउन, मेकअप गर्न सक्दैनौं । यो निकै पीडादायी छ ।’
सेराटो पछिल्लो ३० बर्षदेखि अन्डरटेकर अर्थात शवको अन्तिम संस्कारको तयारी गर्ने काम गर्दछन् । उनका पिताले पनि यहि काम गर्दथे ।
सेराटो मृतकका परिवारको लागि स-सानो कुराले पनि अर्थ राख्दछ । उनी भन्छन् – ‘आखिरी पटक अँगालो हाल्ने, उनको हात समाउने, यस्तो गर्न नपाउनु अहिले दर्दनाक भएको छ ।’
मृतकका परिवारले यो कोशिश गर्छनकी मृतकलाई लेखेका नोट, परिवारको कुनै निसानी, चित्र, कविता शवको नजिक राख्न खोज्छन । तर अहिले त्यो पनि असम्भव देखिएको छ ।
अहिले कुनै निजी वस्तु शवसँग गाड्न प्रतिबन्ध लगाइएको छ । संक्रमण फैलिन नदिन यस्तो गरिएको छ ।
यदि कसैको आफ्नो घरमा मृत्यु भएमा अन्डरटेकरलाई सुरक्षित कपडा लगाएर घर भित्र जाने अनुमति हुन्छ । तर महामारीको वीचमा कैयौ अन्डरटेकर पनि क्वारेन्टाइनमा गएका छन् भने कहिले आफ्नो काम नै बन्द गर्नु परेको छ । अहिले इटालीमा शवको अन्तिम संस्कार गर्नेहरुको समेत कमि भएको छ ।
यस्तो काम गरिरहेका सेराटोले अब आफुहरुसँग केवल एक साताका लागि सुरक्षित कपडा र अन्य सामग्री भएको बताउछन् ।
अहिले स्थिति यस्तो बनेको छ की शव घरमा शवले भरिएको छ । अहिलेसम्म इटालीमा ९ हजार १३४ को मृत्यु भएको छ । अहिले मुर्दा घर र चर्च शवले भरिएका छन् । एक पछि अर्को गर्दै शव आइरहेका छन् । अहिले शवको व्यवस्थापन गर्न नसकेर सेनाको मद्धत लिइएको छ । केहि दिन अघि शहरको गल्लिबाट सेनाले ७० वटा शव राखिएका ताबुत लिकालेका थिए । ति शवलाई सेनाले शहरभन्दा अलिकति बाहिर लगेर गाडेका थिए ।
यस अवस्थामा इटालीमा डाक्टर र नर्सलाई भगवानको दर्जा दिइएको छ । त्यस्तै शवको अन्तिम संस्कार गर्ने यी अन्डरटेकरहरुलाई पनि मानिसहरुले सम्मान गरिरहेका छन् । मसिमो भन्छन् –‘पहिला जस्तो अहिले मानिसहरुले हामीलाई शव लैजाने वाला मात्र सम्झिएका छैनन् ।’
-बिबिसीसहित एजेन्सीहरुको सहयोगमा