• विराटनगर, १६ चैत (रासस)
    कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन सरकारले लकडाउन गरेपछि दैनिक उपभोग्यका वस्तुको अभाव हुन नदिन चोकचोकमा रिक्सा र साइकलबाट तरकारी उपलब्ध गराउन शुरुआत गरिएको छ ।

     

    सामाजिक दूरी (सोसल डिस्टेन्स) कायम गरी उपभोक्तालाई तरकारी वितरण गर्न शुरु गरिएको हो । सो भाइरसको जोखिम हुन नदिन स्थानीय प्रशासन र विराटनगर महानगरपालिकाद्वारा यहाँको गुद्री तरकारी बजार बन्द गराइएको थियो ।

     

    सो तरकारी वजार व्यवस्थापन समितिका सचिव सावद अहमत गुड्डुले उपभोक्ताको दुरी कायम गरी तरकारी बिक्री वितरण गर्न विराटनगर–११ मा तरकारी बजार राख्न माग गर्दै लकडाउनको समयमा हरियो सागसब्जी एवम् तरकारीको अभाव हुन नदिने जानकारी दिनभयो
    गुद्री बजारका थोक तरकारी व्यापारी पशुपति भगतले लकडाउनमा तरकारीको अभाव हुन नदिने र उपभोक्तालाई सुलभ रुपमा वितरण गरिने बताउनुभयो । उहाँले फलफूल लगायत आलु ,प्याज लगायत मौज्दात रहेको जानकारी दिँदै अगामी आइतबारदेखि थप सामाग्री भारतबाट ल्याउने तयारी रहेको छ भन्नुभयो ।

     

    स्थानीय प्रशासन र भन्सारको सहयोगका कारण तरकारी आयातमा सहज हुन पुगेको व्यवसायी भगतले बताउनुभयो । थोक विक्रेताका सहयोगी भगवान रायले हाल विराटनगरमा सुनसरीको हरिनगरा,देवानगञ्ज, मोरङको जहदा, कटहरी गाउँपालिकाबाट हरियो तरकारी आपूर्ति भइरहेको र आलु प्याजको केहीदिनका पुग्ने मौज्दात रहेको जानकारी दिनुभयो ।

     

    गुद्री बजार बन्द भए पनि चोक÷ चोकमा ढाकी, सटर र खुल्ला रुपमा तरकारीको सहज उपलव्धता भइरहेको छ । नगरका वसपार्क, सरौचिया, भट्टीभोड, हस्पिटल मोड, शान्तिचौक, पिछरा, रामपुर लगायतका क्षेत्रमा क्षेत्रमा दुरी कायम गरीहरियो तरकारी विक्री वितरण भइरहेको छ ।
    अहिले बजारमा आलु प्रतिकेजी रु. ६०, प्याज प्रतिकेजी रु ७०,टमाटर प्रतिकेजी रु ५०, हरियो मटरकोशा प्रतिकेजी रु ६०, हरिया गट्टा प्रतिकेजी रु ७०, पाकेको फर्सि रु ७०,फूलकोवी प्रतिकेजी रु ६०, बन्दाकोवी प्रतिकेजी रु ३० विक्री भइरहेको छ । हरियो खुर्सानी प्रति पाउ रु.५० रहेको पाइएको छ । बजारमा जहीत्यही पाउने खसीको मासु र माछा लकडाउनका कारण बन्द रहेको छ ।

     

    धनकुटा लगायत देवानगञ्ज, हरिनगरा, कटहरी, जहजा, सुनवर्शी र भारतवाट तरकारीको आपूर्ति हुने गरेको छ । –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…