• छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँगाउँमा प्रचार गर्दै हिँडेको समयमा हिजो बेलुकी झापा पिपलको बोट नजिकैबाट अपरिचित व्यक्तिको समूहले उहाँलाई वडा कार्यालयतिर जाउँ भनी लगेको थियो ।

    गएराति नै सिंहलाई दुई खुट्टा भाँचेर पाखो जमीनमा छाडेर हिँडेको अवस्थामा भेटिएको छ । अहिले घटनास्थलमा प्रहरी जाँदै गरेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो । घटनाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जाजरकोट सहइन्चार्ज नीरज आचार्यले कडा शब्दमा का’रवाहीको माग गर्नुभएको छ । दोषीमाथि कारवाही र घाइतेको उपचार तत्काल गर्न माग गरिएको छ ।

    वडाध्यक्ष सिंहमाथि गएराति भएको आ’क्रमणप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा सांसद सत्य पहाडीले भत्र्सना गर्नुभएको छ । उहाँले कोरोनाविरुद्धको अभियान रहेका अध्यक्ष सिंहमाथि आ’क्रमण गर्ने अ’पराधी हुन् भन्दै दो’षीमाथि तुरुन्तै का’रवाही र घाइतेको तत्काल उपचार गर्नसमेत माग गर्नुभएको छ । रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…