आइतबार दिउँसो बसेको कोभिड १९ नियन्त्रण उच्च स्तरीय समन्वयन समितिले लकडाउनको अवधि लम्ब्याउनु पर्ने सिफारिस गरेपछि बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थप ८ दिन थप गर्ने निर्णय गरेको हो । थप ८ दिनसम्म देशभर लक डाउन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् ।
समन्वयन समितिको बैठकमा लक डाउनको अवधि बढाउने विषयमा सबै मन्त्रीहरु सहमत भए पनि कति थप्ने भन्ने विषयमा मन्त्रिपरिषद्ले नै निर्णय गर्ने निष्कर्षमा पुगेको थियो ।