• काठमाडौं, चैत १६ गते । मन्त्रिपरिषद्ले देशमा कोरना भाइरस संक्रण नियन्त्रणका लागि यस अघिको लक डाउन (हिँडडु गर्न प्रतिबन्ध ) अवधि चैत २५ गतेसम्मका लागि लम्याउने निर्णय गरेको छ ।
    आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार मान्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।
    सरकारले गत सोमबार चैत्र ११ गते मंगलबार विहान ६.०० बजे देखि १८ गते मंगबार विहान ६.०० बजेसम्मका लागि एक हप्तासम्म आम नागरिकलाई घरमा नै बस्न आदेश जारी गरेको थियो ।
    पहिलो पटक घर मै बस्न आदेश जारी भएका बेला देशभरमा जम्मा दुई जनामा मात्र कोरोना संक्रमण भएको पाइएको थियो तर अहिले शनिवारसम्म सो संख्या बढेर पाँच पुगिसकेको छ ।

    नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…