• कुमार खड्का चैत १७, पथरी ।
    मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्र अधिकाश नेकपा पक्षधरको वर्चस्व भएको क्षेत्र हो ।
    वर्तमान अवस्थामा विश्व नै कोरोना भाइरस रोकथामको लागि लकडाउन भएको छ । लकडाउनको यो अवस्थामा विश्व स्वास्थ्य संगठनले संक्रमण फैलन नदिन विशष निर्देशिका जारी गरेको छ ।
    तर केही स्थानिय तह त्यसमा पनि विशेष गरि पथरी शनिश्चरे नगरपालिका क्षैत्रका राजनैतिक दलका नेतृत्व वर्गहरुले ज्याला मजदुरी गरी जिविको पार्जन गर्ने वर्गका लागि भन्दै अस्वस्थ प्रतिषपर्धात्मक शैली बाट राहत वितरण गर्ने होडवाजी चलेकै कारण उनिहरु बाटै संक्रमण फैलने उच्च जोखीम रहेको देखिन्छ ।
    पथरी नगरपालिका क्षेत्र भित्र विषेश गरि नेकपा सम्वद्ध युवा संघ, नेपाली काग्रेस सम्बद्ध तरुण दल, पूर्व प्रधानमन्त्रि बाबुराम भट्टराई नेतृत्वको समाजवादी पर्टी लगाएतका राजनैति पार्टीका भातृ संगठनहरुले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको निर्देशिकाको बेवस्था गर्दै सस्तो राजनैतिक लोकप्रियताका लागि कोरोनालाई माध्यम बनाई पार्टीको सस्तो प्रचार गरे पनि स्थानिय सरकार भने टुलुटुलु हेर्दै बसेको छ ।
    नेपाल सरकारले कोरोना संक्रमण फैलन नदिन पहिलो एक हप्ताको लकडाउनको समया अवधिलाई थप गर्दै अर्को एक हप्ता जोडेर चैत २५ गते सम्म पु¥याएको छ ।
    यस अवधिमा सवै भन्दा पिडित ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने वर्गलाई असर पर्छ यसको दिगो समाधानका लागि स्थानिय सरकार जवाफदेही हुनुपर्ने भएता पनि त्यसतर्फ भने खासै ध्यान गएको देखिदैन ।
    कोरोना भईरस संक्रमण लाई रोकथाम गर्नका लागि पनि स्थानिय सरकारले कोरा निर्णय गर्नु बाहेक अन्य कुनै ठोस कार्य गरेको भने देखीदैन ।
    अहिले कोरोनाका संक्रमित व्याक्तिहरु उपत्यका बाहीर पनि भेटिरहेको अवस्थामा पथरी शनिश्चरे नगरपालिका भने कोरोना रोकथामका कोरा नितिनिर्माण गर्दै कोठैमा बसेको छ ।
    नगर उप–प्रमुख यमुना विष्ट कालोवजारी नियन्त्रणका लागि वजारमा सक्रिय रुपमा देखीएपनि त्यतिले मात्रै पर्याप्त नभएको र लकडाउन पुर्ण रुपमा पालना गराउन स्थानिय सरकार चुकेको आरोप स्थानियले लगाउने गरेका छन् ।
    स्थानिय जनताको जिवन रक्षा गर्नु अहिलेको अवस्थामा स्थानिय सरकारको पहिलो प्राथमिकता भएपनि स्थानिय सरकारमा नेकपा पक्षधरको वर्चस्व रहेका कारण युवा संघले हालीमुहाली गर्दै अवैज्ञानिक तवरले राहत वितरण गर्दा उनिहरु बाटै सर्वसाधरण जनतामा संक्रमण फैलने उच्च जोखीम रहेको स्थानियहरु बताउछन् ।
    केही स्थानियहरु भने जनतालाई पूर्णरुपमा लकडाउन पालना गराउदा पर्न जाने असुविधाका कारण आगामी निर्वाचनमा भोटमा खोट आउने होकी भनेर कडीकडाउ गराउनमा स्थानिय सरकार नलागेको बताउछन् ।
    कारोना रोकथामको सवै भन्दा प्रभावकारी औषधि भनेको लकडाउनको पुर्ण पालना गराउदै नगरीकहरुलाई घरमै वस्ने बातावरण स्थानिय सरकारले सृजना गराउनु हो । तर यो कदममा भने पथरी शनिश्चरेको स्थानिय सरकार सुस्ताएको छ ।
    राष्ट्रिय राजमार्गमा देखिएको शुन्यतालाई केही व्याक्तिहरुले सामाजिक संजालमा पोष्ट गरेको फोटो हेर्दै लकडाउन पूर्ण कार्यान्वयन भएको छ भन्दै स्थानिय सरकार कोठामा मोवाइल चलाएर सुतिरहेको छ ।
    यस्तै लकडाउनको पुर्ण कार्यान्वयन गराउन भन्दै आईतवार वसेको मन्त्रिपरिषको बैठक पश्चात गुहमन्त्रालयले आफ्नो मातहत रहेको प्रशाशनलाई दिएको निर्देशन अनुसार सोमवार बाट कुनै पनि संघ संगठनले आफुखुसी राहत बाडेको भेटेमा कार्वाही गरिने ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख दिलिप कुमार गिरीले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…