उर्लाबारी । उर्लाबारी नगरपालीकाले कोभिड–१९ को संक्रमण नगरमा भित्रीन र संक्रमण फैलिन नदिन सवै वडामा सचेतनमुलक कार्यक्रम संचालन गर्दै आएको छ । नगरपालीकाले सवै वडामा एक महिनाको अवधीमा बैदेशिक रोजगारको लागि तेस्रो मुलुक र छिमेकी देश भारतबाट समेत आउनेहरुको तथ्याङक संकलन सगै“ कोभिड– १९ को संक्रमणका बिषयमा सवै जनप्रतिनिधीहरुले वडाबासीलाई सचेतना प्रदान गरीदै“ आएको नगरका प्रवक्ता भानुभक्त शर्मा पराजुलीले बताउनुभयो ।
नगरपालीकाले नगरका सवै वडामा सचेतनामुलक कार्यक्रम, ज्यालादारी गर्ने मजदुरहरुको अवस्था, संक्रमित देशबाट आउनेहरुको लगत संकलन र बजार अनुगमन गरी दैनिक उपभोग्य सामाग्रीहरु खरिद गर्ने व्यवस्था मिलाई नगरबासीको असुविधालाई सहजीकरण गर्दै लैजान निर्देशन दिएको नगर प्रमुख खड्ग फागोले बताउनुभयो ।