चैत १७, पथरी ।
ईलाका प्रहरी कार्यालय पथरीका डिएस्पी दिलिप कुमार गिरीले सरकारको निर्णय नमान्ने लाई स्पोटमै कार्वाही गर्ने बताएका छन् ।
लकडाउनको पुर्ण कार्यान्वयन गराउन भन्दै आईतवार वसेको मन्त्रिपरिषको बैठक पश्चात गुहमन्त्रालयले आफ्नो मातहतमा रहेको प्रशाशनलाई दिएको निर्देशन अनुसार सोमवार बाट कुनै पनि संघ संगठनले आफुखुसी राहत बाडे वा लकडाउनको पुर्ण पालना नगरेको भेटेमा स्पोटमै कार्वाही गर्ने उनले बताएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भईरस नेपाल प्रवेश गरे सगै केन्दि«य सरकारले लकडाउनको घोषण गरेको छ । तर पथरीमा सो कुराको पुर्ण रुपमा पालना भएको देखीदैन ।
अधिकाश पसलहरु र मुख्य राजमार्ग सुनसान देखिएपनि भित्रि सडकहरुमा मानिसहरुको चहलपहल उस्तै रहेको छ ।
समुहमा भेला हुने लुडो खेल्न, तास खेल्ने अनाआवश्यक वहाना बनाएर मोटरसाईकल कुदाउने सख्यामा कमि नआएपछि स्थानिय प्रहरी प्रशासनले सोमवार देखी उल्लङघन गरेको खण्डमा स्पोटमै कार्वाही गर्ने बताएको छ ।
यस अघि प्रहरी, स्थानिय उद्योग वाणीज्य संघ र नगपालिकाकाले पटक–पटक माईकिङ गर्दा पनि नटेरे पछि अव स्पोटमै कार्वाही गर्ने गिरीले बताए ।
गिरी भनछन्– विशेष गरि पथरी शनिश्चरे नगरपालिका क्षेत्रका राजनैतिक दलका नेतृत्व वर्गहरुले ज्याला मजदुरी गरी जिविको पार्जन गर्ने वर्गका लागि राहत वितरणको कार्यलाई तिव्र बनाएका छन् । तर राहत वितरण गर्न जाने स्वयम व्याक्ति पनि आफु सुरक्षित हुन जरुरी छ, व्यावहारमा भने त्यस्तो पाइएन त्यसैले आज बाट सम्वधित स्थानिय सरकार सग समन्वय नगरी राहत बाडेको पाईएका स्पोटमै कार्वाही गरीने छ ।