हङकङ । हङकङस्थित एक सुपरमार्केटबाट ६ प्याकेट चामल चोरेको भन्दै एक नेपालीसहित दुईजनालाई दुई महिनाको जेल सजाय तोकिएको छ ।
कोरोना भाइरसको महामारीका कारण खाना सकिने त्रासकाबीच चामल चोर्ने २१ वर्षीय राज शर्माले वेस्ट कोलुन अदालतमा चामल चोरेको स्वीकार गरेपछि उनलाई दुई महिनाको जेल सजाय तोकेको हो ।
हङकङको ह्वामपाओस्थित अइओन स्टोरमा गत शुक्रबार दई प्याकेट लैजाने क्रममा सेक्युरिटी गार्डले पक्राउ गरेको थियो । पक्राउ परेका शर्माले चोरी गर्ने आइडिया आफ्नो नभएको अनुसन्धाकर्ताहरुलाई बयान दिएका थिए ।
त्यसैगरी उनीसँगै चोरी गर्न गएका ३३ वर्षीय ३३ वर्षीय रियाद होसायनले अन्य चार प्याकेट चामल चोरी गरेको आरोप लगाइएको छ । उनलाई फेब्रअरी २३ देखि मार्च १७ सम्म थप चार प्याकेट चोरेको भन्दै थप कानुनी सल्लाहका लागि समय दिइएको बताइएको छ । - साउथ चाइना मर्निङ पोस्ट