बरेली । कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर भारतको उत्तर प्रदेशका अधिकारीहरूले मानिसको शरिरमा केमिकल छर्किदिएका छन्।
बाहिरबाट आएका बालबालिकासहित मजदुर महिला पुरूषलाई सडकमा भेला पारेर बरेली जिल्लामा सोडियम हाइपोक्लोराइट सोलुसन छर्किइएको हो।
नयाँदिल्लीलगायत ठाउँबाट आएका मजदुरबाट अरूमा कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर सावधानी अपनाउनका लागि सरकारले औषधी छर्कन लगाएको थियो।
बरेलीका अधिकारीहरूले बाहिरबाट आएका मानिस चढेको बस डिसइन्फेन्कसन गर्न गएका नगरपालिका र वारूण यन्त्रका कर्मचारीले मानिसलाई केमिकल छर्केको भन्दै गल्ती स्वीकारेको टाइम्स अफ इन्डियाले जनाएको छ।
उनीहरूले उक्त केमिकलले मानिसको शरिरमा क्षति गर्ने पनि स्वीकारेका छन् ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        