न्युयोर्क । कोरोना भाइरसका बिरामीले अस्पताल खचाखच भरिएपछि न्युयोर्क सहरमा अन्य बिरामीको उपचार नौसेनाको जहाजी अस्पतालमा गरिने भएको छ।
कम्फर्ट नामक सो नौसैनिक जहाज किनारामा पुग्न लागेको जनाइएको छ।
सो नैसैनिक अस्पतालमा १२ शल्यक्रिया कक्ष, १ हजार बेड, रेडियोलोजी, ल्याब, फार्मे, सिटिस्क्यानजस्ता सुविधा रहेको जनाइएको छ।
कोरोना संक्रमितको उपचारका लागि न्युयोर्क सहरको सेन्ट्रल पार्कमा पनि ६८ बेडको फिल्ड अस्पताल निर्माण गरिँदैछ।
मंगलबारबाट सो अस्पताल सञ्चालन हुने मेयर बिल डे ब्लाजियोले बताए।