• इटहरी । युवा व्यवसायी मिलन श्रेष्ठले उर्लाबारी नगरपालीका १ मा रहेका सुकुम्बासी बस्तीमा खाध्यन्य सामाग्री बितरण गरेका छन् । देश कोरोना भाईरसको महामारी रोकथाम लागी लकडाउन भई रहेको अवस्थामा दैनिक जिविको पार्जन गरी परिवार चलाउने सुकुम्वासी बस्तीका  ४० परिवार लाई खाध्यन्य सामाग्री बितरण गरेका हुन् ।

    श्रेष्ठले करिव ४० परिवार लाई १ बोरा चामल,दुई केजि दाल, तेल,नुन,भुजा,चाउचाउ लगाएतको सामाग्री बितरण गरेका थिए । पञ्चेश्वर क्रसर उद्योगका संचालक श्रेष्ठले देशमा नोवेल कोरोना भाईरस (कोभीड १९ ) को प्रकोप फैलिन नदिनको लागी अपनाएको लकडाउन स्वागत योग्य रहेको भन्दै सवैले यसको पालना गरी कोरोना भाईरसको महामारी बाट बच्न समेत आग्रह गरेका छन् । उनले यस्तो अवस्थामा घर बाट ननिस्की बसिदिन पनि अनुरोध गरेका छन् ।

    श्रेष्ठले बिपन्न परिवारको अभिलेख राख्न स्थानिय तह लाई सुझाव दिएका छन् । उनले यस्तो परिस्थीतीमा सबैलाई एक अर्काको सहयोगी भईदिन समेत आग्रह गरेका छन् । श्रेष्ठ साविक नगरपालीका सुन्दरदुलारी तरुण दलका सभापती समेत रहेका छन् ।

    https://www.facebook.com/milan.shrestha.3766/videos/2913101338759325/

     

    https://www.facebook.com/ArenaTelevisionPvtltd/videos/1063960203975471/?v=1063960203975471

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…