उर्लाबारी । विश्वभर कोरोना भाइरसको संक्रमण त्रास छाएको छ । शक्तिशाली राष्ट्रहरुसमेत यस रोगबाट पीडित बनिरहेका छन् । यो रोगलाई नियन्त्रणका लागि भइरहेका प्रयासहरु हालसम्म सफल बन्न सकेका छैनन् । विश्वमा ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । लाखौं जना संक्रमित छन् ।
यतिबेला नेपालमा पनि कोरोना भाइरसको त्रास रहेको छ । नेपाल सरकारले कोरोना भाइरसको सक्रमण फैलिन नदिन सतर्कता अपनाएको छ । देशभरी अहिले लकडाउन गरिएको छ । आज साँतौ दिनसम्म पनि लकडाउन जारी छ । सरकारले थप ८ दिन अलडाउन गर्ने हिजै निर्णय गरिसकेको छ । सरकारले तयार परेको नियम अनुसार विभिन्न मुलुकबाट स्वदेश फर्केका नागरिकहरु अनिर्वाय क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । कम्तिमा पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्दा के कस्ता विधि अपनाइएका हुन्छन । क्वारेन्टाइनस्थलमा रहने मानिसहरुका लागि स्वास्थ्य उपचारदेखि सुरक्षासाथै खानपानको प्रबन्ध कसरी मिलाईएको छ भन्ने बारेमा मोरङको टाँडीमा प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले तयार पारेको क्वारेन्टाइनस्थलमा पुगेर हामीले एक रिपोर्ट तयार पारेका छौं ।
यो प्रदेश नं. १ सरकारको समन्वयमा नेपाली सेनाले सुर्यदल गणमा बनाइएको क्वारेन्टाइन हो । यहाँ बैदेशिक रोजगारबाट आएका र भारतबाट प्रदेशका दुई नाका प्रयोग गरी नेपालमा फर्किएका ९२ जना मानिस राखिएको छ । जसमा ६ जना घर फर्किसकेका छन । अहिले ६ भारतीयसहित बैदेशिक रोजगारबाट फर्किएका १५ नेपाली र तिनका परिवार त्यसैगरी भारतबाट फर्कर्ने क्रममा काकडभिट्टा र रानी नाका प्रयोग गरेका नेपालीलाई क्वारेन्टाइन स्थलमा राखिएको छ । जसमा पूर्वीनेपालदेखि पश्चिम जाजरकोटसमेतका मानिस रहेका छन ।
भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=n1RcWbMn-FI&fbclid=IwAR25TkJnVsJZ9FmBNfniv_f7BAAhDSvKST-QFkrqvq6f1RmqK1Nbj74RF7Q