• महिलाको हत्या, खोलामा भेटियो टाउकोबिना विभत्स शव,महिलाको हत्या, खोलामा भेटियो टाउकोबिना विभत्स शव

    भक्तपुर, १८ चैत

    मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ ।

    करिब एक साताअघि हत्या गरेर खोलामा फ्याँकेको हुनसक्ने अनुमान गरिएको शव प्रहरीले हिजो साँझ खोलामा भेटेपछि महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहसहितको नेतृत्वको टोलीले घटनास्थलको अनुसन्धान गरी राति शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।

    गठ्ठाघरको नागरिक अस्पताल पछाडिबाट फलामे पुलतर्फ जाने हनुमन्ते करिडोर निर्माण भइरहेको खोलामा करिब २८ देखि ३० वर्ष उमेरकी नीलो सुरुवाल र कलेजी रङको कुर्था लगाएको, टाउको नभएको, तिघ्रा र खुट्टामा जनावरले खाएकोजस्तो कोतरेको र बायाँ हातको नाडीमुनिको भाग नभएको पहिचान खुल्न नसकेको एक महिलाको विभत्स अवस्थामा घाँटी काटेर फ्याँकिएको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो ।

    घटनास्थलको अवस्था हेर्दा अन्य ठाउँमा हत्या गरी यहाँ ल्याएर फ्याँकेको हुनसक्ने अनुमान गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “शवको टाउको छैन, घटनास्थलको अवस्था हेर्दा अन्तै घटना घटाएर खोलामा ल्याएर शव फ्याँकेको हो कि भन्ने अनुमान गरेका छौँ, शवलाई प्लाष्टिकमा बेरेर, ठूलो झोलामा हालेर त्यसलाई पनि बोरामा हालेर ल्याएर फ्याँकेको अनुमान छ, शव हेर्दा घटना कम्तीमा एक साताअघिको हनुपर्ने अनुमान गरेका छौँ ।”

    घटनास्थलबाट प्रहरीले प्लाष्टिक, झोला, बोरा, बोरा बाँधेको तारलगायतका सामग्रीहरू बरामद गरेको छ । शव कसको हो भन्ने पहिचान हुन नसकेको जानकारी दिँदै उहाँले शव पहिचान गर्न र विभिन्न कोणबाट अनुसन्धान शुरु गरेको बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…