• उर्लावरी । उर्लाबारी नगरपालिकाले कोभिड–१९ बिरुद्धको अभियान अन्र्तगत संक्रमण फैलिन नदिन तथा रोकथाम, नियन्त्रण एवं राहत वितरणको लागि ५० लाख विनियोजन गरेको छ । नगरपालिकाको मंगलबार बसेको बैठकले आ.व.२०७६÷०७७ मा बिनियोजित आकस्मिक कोष र अन्य कोषको रकम साथै नगरपालिकाको आन्तरिक स्रोतबाट बचत हुन जाने रकमबाट नगरपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा हुने गरी उक्त रकम बिनियोजन गरिएको नगर प्रमुख खड्ग फागोले जानकारी दिए ।

    सोही बैठकले संभावित संक्रमणको लागि उर्लाबारी बहुमुखी क्याम्पसमा ५० वटा क्वारेन्टाईन तथा मंगलबारे अस्पतालमा ६ बेडको आइसोलेसन कक्ष निर्माण गर्ने, संक्रमितको भएको खण्डमा २ वटा एम्बुलेन्सको तयारी अवस्थामा राख्ने, दैनिक उपभोग्य खामाग्री खरिदको लागि दैनिक बिहान ७–९ र बेलुका ४–७ बजे सम्म मापदण्ड अनुसार पसल खुल्ला गर्ने र नगर क्षेत्रमा दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने बर्गहरुको लागि वडा कार्यालयहरुको लगत संकलन र सिफारिसका आधारमा खाध्यन्न वितरण गर्ने निर्णयसमेत गरिएको छ ।

    यस्तै राहत संकलन एवं वितरण नगरपालिका अन्र्तगत मात्र गर्ने सहितका जनमुखी निर्णय समेत गरिएको नगर प्रमुख फागोले बताएका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…