काठमाडौं, १९ चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सङ्कटको बेलामा सर्वसाधारणको उपचार नगरी भाग्ने निजी अस्पतालहरूलाई भौतिक कारबाही गर्ने भएको छ ।
नेकपा अर्घाखाँचीका सेक्रेटरी खेम घर्तीले विज्ञप्ति जारी गर्दै कोरोनाका कारण देश लकडाउन भएको अवस्थामा बिरामी नलिने निजी अस्पतालहरू, भ्रष्टाचार गर्ने र कालोबजारी गर्नेहरूलाई पनि कारबाही गर्ने जनाएको हो ।
सेक्रेटरी खेमको विज्ञप्तिमा भनिएको छ, ‘यति बेला मानव जातिको अस्तित्वलाई नै सङ्कटमा पार्ने गरी कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि देश नै लकडाउन गरिएको छ । तर सरकारले आवश्यक तयारी भने गर्न सकेको छैन । सरकारले श्रमजीवीहरूका लागि कुनै पनि ठोस किसिमका राहतका कार्यक्रम ल्याएको छैन । जिल्लामा हजारौँ सङ्ख्यामा ज्यालादारी गरेर आफ्नो जीविका चलाउनेहरूको दैनिकी लकडाउनका कारण कठिन बनेको छ । उनीहरूका लागि स्थानीय निकायले राहत उपलब्ध गराउन कुनै पनि पहल नथाल्नु दुःखद् पक्ष हो ।’
विज्ञप्तिको अन्त्यमा चे’तावनीको भाषामा भनिएको छ, ‘त्यस्ता जनविरोधी निजी अस्पतालहरूलाई नेपाल कम्युनिस्ट पार्टीले जनकारबाही गर्ने जानकारी गराउँछौँ ।’
हेर्नुस् विज्ञप्ति :