विरगन्ज, १९ चैत । वीरगन्जमा झ’डप हुँदा २० जना घाइते भएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १९ बरेवा गाउँमा राहतका लागि नाम टिपाउने क्रममा दुई पक्षबीच झ’डप भएको हो ।
घाइतेमध्ये केहीको टाउको फूटेको छ भने केहीको हात भाँ’च्चिएको छ । घाइते सबैको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
सो ठाउँमा राहत बाँड्न मंगलबार १ लाख २५ हजार रुपैयाँ पठाइएको थियो । उक्त रकमबाट राहत सामग्री बाँड्नका लागि वडा अध्यक्ष सन्तोष तिवारीको अध्यक्षतामा बसेको बैठकले अर्को सर्वदलीय राहत समाग्री वितरण समिति गठन गरेको थियो ।
लकडाउनका कारण पी’डित परिवारको विवरण संकलन गर्ने क्रममा समितिका सदस्यहरुबीच नै विवाद भएको हो ।
समितिका सदस्य प्रभु यादवले प्रभावित परिवारको विवरण संकलन गर्ने क्रममा आफ्ना नातागोताकामा पर्नेहरुको मात्रै नाम लेखेको भन्दै स्थानीय उपेन्द्र यादवले विरोध गरेका थिए । उपेन्द्रले विरोध गरेपछि दुवै पक्षबीच झ’डप भएको हो ।
झ’डपमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।