रातोकलम अनलाइन-
दल र जनताले बिश्वास गरेर चुनेर पठाएका जनप्रतिनिधिले स्थानीय सरकारकाे नेतृत्व गरिरहनु भएको छ त्यसकारण पार्टी र जनताको प्रतिनिधित्व वहाहरुले नै गर्न र जनताको सुखदुखमा साथ दिन हामीले नै ५ वर्षका लागि चुनेर पठाएका छाै भने जनता प्रतिकाे जवाफदेहिता वहाहरुलाई नै वनाउने हाे र वहाहरु लाई सफल बनाउन राजनीतिक दलले सहयाेग गर्नेहाे,वहाहरुले मात्रै समधान गर्न नसक्ने अवस्थामा सहयोग काे लागि अपिल गर्नेहाे त्यसमा सबै राजनीतिकदल,संघसंस्था ,व्यापारी बुद्धिजीवी र नागरिक समाजले सहयाेग गर्नेहाे त्यसको नेतृत्व जनप्रतिनिधि ले नै गर्नेहाे र याे सबै गर्न जनप्रतिनिधि उदासिन भएमा वहाहरुलाई घच्घच्याउनेहाे र यति गर्दापनि नभएमा मात्रै /वहाहरुअसफल भए मात्रै राजनीतिक दल र अन्य निकायले पहलकदमि लिनेहाे ।
पहिलो कुरा, स्थानिय सरकारले राहत वितरण सम्वन्धि निति वनाइसके पछि त्यसको कार्यान्वयन गर्ने र गराउने कुरा गाँउपालिकाले गर्नुपर्छ र गाँउपालिकाको नितिलाइ सवैले पालना गर्नु पर्छ कसैले उलङ्घन गर्छ भने कारवाहि गर्ने हैसियत गाँउपालिकाले राख्नुपर्छ । विधिमा हिडियन भने अराजकतामा जान्छ अराजकताले द्धन्द्ध श्रृजना गर्छ ।
दाेश्राे कुरा,जनप्रतिनिधि ले हामी अहिलेकाे अवस्थामा जनतालाई भाेकै मर्न दिदैनाै , सक्षम छौ यो अवस्थाको सामना गर्न भनेर एकद्वार प्रणालिमा सबैलाई सहयाेग गर्न भनेर स्थानीय सरकारले अपिलगरेर राहत वितरणकाे तयारिमा जुटिरहदा राजनीति दल संघसंस्थाले आफुखुसी ओभरटेक गर्नुभनेकाे जनप्रतिनिधि लाई असक्षम ठान्नु हाे , जनप्रतिनिधि संवेदनशील छैनन भन्ने सन्देश दिनुहाे ।
तेस्रो कुरा, जनप्रतिनिधि असक्षमहुदा सर्वदलीय सहमतिमा यस्ता कामहरु गर्नुपर्छ किनकि वास्तविक जनता राजनीतिक आस्थाकाे कारण बिभेदमा नपरुन र केही राहत पाउदैमा उसले कसैप्रति अनुग्रहित हुन नपराेस भनेर ।
चाैथाे कुरा, अहिले काे काेरना भाईरसले निम्तिएको सामान्य माहामारि हाेईन बिश्वब्यापी माहामारि र स्राेत साधनले सम्पन्न राष्ट्रलाई पनि नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको माहामारिहाे जसका कारण राज्यनै लकडाउनमा छ यस्तो अवस्थामा आफुखुसि राहतवितरणमा जादा संक्रमित हुनसक्ने खतरा तेतिनै छ भने हाेडवाजिले खतरा अवश्य निम्त्याउछ र लकडाउनकाे उलङघन समेत हुन्छ ।
पाचौं कुरा, कुनै ठाउँमा अतिनै समस्या पराे एकद्वार प्रणालीमा जान भने दाताले दिन चाहेको सहयाेग सम्बन्धित वडापालिकालाई वुझाउने र वडापालिकाले आफै राहत बितरण गर्ने ।
छैठौं कुरा , कसैले दोहोरो तेहोरो राहत र कसैले एकपटक पनि नपाउने अवस्थाको अन्त्य गर्न पनि एकद्धार प्रणालि आवश्यक छ ।
सातौ कुरा दलहरुले र संघसस्थाले प्रतिष्पर्धा गर्नेहो भने आपतकालिन उदारका काममा गरौ जो (वाढी /पहिरो/आगोलागि /दुर्घटना आदी ) विपत्तिमा पर्छ / विरामी पर्छ उसलाइ उद्दार गर्न अर्थात अपर्झट गरिहाल्नु पर्ने कामका लागि वा २/४ घरका ल एकद्धार प्रणालिको आवश्यक्ता पर्दैन तर पुर्वतयारी गरेर ठुलो संख्यालाइ सहयोग पुर्याउनु पर्नेमा भने एकद्वार प्रणालिको आवश्यक्ता पर्छ । अन्त्यमा याे माहामारिकाे सामना तिनैतहका सरकार सवै राजनीतिक दल र आम नागरिक मिलेर मात्रै गर्न सकिन्छ भन्ने नेकपा केरावारी गाँउकमिटिको ठहर छ।
र लकडाउनकाे कारण दैनिक ज्यालादारी गरेर जीवीको पार्जन गर्नुपर्ने अवस्थाका जनताको बाच्न पाउने अधिकारलाइ सुनिश्चितता गर्नु हामी सवैको कर्तव्य भएको हुदा गाँउपालिका सरकारलाइ सवैले मनखोलेर सहयोग गरौ राहत प्रभावकारी नभएमा खवरदारी गरौ र भोकापेटमा अन्न पर्ने गरी चुल्होमा आगो वल्ने व्यवस्थाका लागी हातेमालो गरौ। अनावश्यक राजनितिकरण बन्द गरौ एकद्धार प्रणालीलाइ प्रभावकारी रुपमा कार्यन्वयन गरौ ।
लेखक,
अध्यक्ष:-राम बहादुर कार्की
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)केराबारी गाउँपालिका,मोरङ