•  

    युबराज रेग्मी

    २० चैत्र गौरादह /

    पछिल्लो समयमा झापा जिल्लाको गौरादह नागरपालिकामा कोरोना संक्रमणको जोखिम बाट आफ्नो दैनिककि गुजारा गर्न समस्या परेका अति बिपन्न परिवारलाई मध्यनजर गर्दै अत्यावश्यक सामाग्री बितरण गर्ने कार्यमा तिब्रता आएको छ । यसै अनुरुप आज चैत्र २० गते बिहिबार केन्दृय कार्यालय झापाको बिर्तामोड रहेको कर्णाली बचत तथा ऋण सहकारी सस्थाले गौरादह गौरिगन्जमा राहत सामाग्री बितरण गर्दैछ । गौरादह नगरपालिका अन्तरगत गौरादह बजार र जुरोपानीमा सेवा केन्द्र रहेको सस्थाले गौरादह पालिकाका ६२ परिवार र गौरिगन्ज पालिकाका ६२ परिवार लाई राहत सामाग्री बितरण गरिने सस्थाका सेवाकेन्द्र ब्यबस्थापन उप-समिती सम्योजक इश्वोर खत्रीले जानकारी गराएका हुन ।राहत सामाग्री अन्तरगत प्रती परिवार १० केजि चामल , १ केजि दाल ,र १ लिटर खाने तेल बितरण गरिने सस्थाका एक कर्मचारी तुलसीराम पौडेलले बताए । कोरोना भाइरस संक्रमणको अत्यास लाग्दो त्रासदिपुर्ण कहरमा आफ्नो परिश्रमलाई बन्धक बनाउन बाध्य भएका गरिब निमुखा र अतिबिपन्न परिबारको जीवन गुजारामा केही हद सम्म सहयोग पुर्याउन सस्थाको बिनियम बमोजिम सस्थाको सस्थागत सामाजिक उत्तरदायित्व( CSR) लाई समेत मध्यनजर गर्दै सस्थाले झापा जिल्लाका १५ वटै स्थानिय निकाय हरुमा सस्थाले राहत सामाग्री बितरण गर्ने सस्थाकी ब्यबस्थापन समिती सदस्य तथा सामाजिक बौद्धिक ब्यक्तित्व हेमलता भट्टराई ( कार्की ) ले जानकारी गराइन । सस्थाले गौरादह र गौरिगन्जमा गरि करिब १ लाख ४ हजार ४० मूल्य बराबरको राहत सामाग्री बितरण गर्दैछ ।राहत सामाग्री बितरणमा एक्द्वार नीति अबलम्बन गर्न गौरादह अन्तरगतको राहत सामाग्री नगरपालिकाका जनप्रतिनिधी लाई हस्तान्तरण गरिसकिएको छ । सोही अनुरुप पुन गौरिगन्ज पालिकामा पनि राहत सामाग्री आजै पुर्याइनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…