• बुटवल । बुटवलस्थित कोरोना आइसोलेसन अस्पतालमा उपचार क्रममा आइतबार मृत्यु भएका सैनामैनाका बाबुराम थापाको शव बुधबार साँझसम्म आफन्तले बुझेका छैनन्।

     

    थापाको मृत्युको कारण अस्पतालले बताउन नसकेपछि पत्नी र आफन्तले शव नउठाएका हुन्। रुघा–खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका आफ्ना पतिको उपचार नपाएरै मृत्यु भएको दाबी रीताकोे छ। ‘चार दिनअघि आफैं रिक्सा चढेर हाँसीखुसी अस्पताल जानुभएका मेरा पतिलाई अस्पालले उपचारै नगरेर मारेको हो, मलाई न्याय चाहियो, गल्ती गर्नेलाइ कारबाही हुनुप¥यो,’ रीताले भनिन्।

     

    दाजु विमलले पनि भाइ बाबुरामको मृत्युको कारण अस्पतालले बताउनुपर्ने तथा दुई छोराको पढाइ खर्च र बुहारीलाई नोकरीको व्यवस्था गरिदिनुपर्ने बताए। ‘भाइ त अब फर्केर आउँदैन तर अस्पतालकै लापरबाहीले सहाराबिहीन भएकी बुुहारी र छोराहरुको त बिजोग हुनु भएन नि’, विमलले भने।

     

    रीताका अनुसार बाबुरामले अस्पतालका डाक्टर नर्सले हेरविचार नगरेको, खाना र पानीको समेत राम्रो व्यवस्था नभएको गुनासो मोबाइल फोनबाट गरेका थिए। ‘मलाई राखिएको कोठाको ढोकाबाट भित्र कोही पस्दैनन्। ज्वरो नाप्ने थर्मोमिटर दिएका छन्। आफै नापेर टिपाउनुपर्छ’ खाना र औषधि पनि टाढैबाट हुत्याइदिन्छन्। तिमी चिन्ता नगर। उपचार त गर्नै प-यो भन्नुहुन्थ्यो’, पतिसँगको फोनवार्ता उद्धृत गर्दै रीताले भनिन्।

     

    रीताका अनुसार बाबुरामले शनिबार साँझ साढे ८ बजेतिर उनलाई फोन गरी आफू छिट्टै निको भएर फकर्ने भन्दै चिन्ता नलिन र छोराहरुको ख्याल राख्न भनेका थिए। आइतबार बिहान आफूले फोन गर्दा पति आत्तिएपछि हतारहतार एम्बुलेन्समा अस्पताल गएको उनले बताइन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…