• काठमाडौं । कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको भोलिपल्ट बिहिबार उपप्रधानमन्त्री ईश्वर पोखरेलविरूद्ध पनि उजुरी परेको छ ।

    मन्त्रीहरु कमिसनमा लागेका बेला प्रधानमन्त्री केपी ओली मौन ? आम सरोकारवालाहरुले प्रश्न उठाउन थालेका छन् ।

    मेडिकल सामग्री खरिद प्रकरणमा देखिएको अनियमितताको विषयमा चीनले समेत गम्भीर चासो देखाएपछि सरकारले ओम्नी समूहसँगको सम्झौता रद्द गरेको समाचार बाहिर आएको छ ।

    हुन त भ्रष्टाचार कदापी स्वीकार्य हुन सक्दैन । तर मुलुक महाविपत्ति र महासंकटको अवस्थाबाट गुज्रिरहेका बेला समेत सरकारका मन्त्रीहरु कमिसनखोरमा मुछिनु नेपाली माटोका लागि दूर्भाग्य हो ।

    नेपाली कांग्रेस नेता चन्द्र भण्डारीले सरकारका मन्त्रीहरुको भ्रष्टाचारकाण्डबारे प्रधानमन्त्री ओलीले तत्काल जनतालाई आस्वस्त पार्नुपर्ने माग गर्नुभयो ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उपप्रधान तथा रक्षा मन्त्री पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्नी समूहका सञ्चालकविरूद्ध अख्तियारमा उजुरी दिनुभएको हो ।

    मुलुकमा महासंकट आइलागेका बेला पनि स्वास्थ्य साबमग्री ल्याउँदा कमिसन खाने र मुलुकलाई हानी पु¥याउने गरी ठेक्का सम्झौता गरेको पाइएकाले उनीहरूमाथि अनुसन्धान गरी मुद्दा चलाउन माग गर्दै अख्तियारमा उजुरी गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताउनुभयो ।

    विवेकशील पार्टीका प्रदेश सभा सदस्य रमेश पौड्यालले पनि यही ठेक्का सम्झौतामा स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरूद्ध अख्तियारमा उजुरी दिनुभएको थियो ।

    कोरोना संकटका बेला समेत स्वास्थ्य मन्त्रालयका हरेक काममा भ्रष्टाचार र अनियमितता पाइएपछि छानबिनका लागि उजुरी दिएको पौड्यालकोे भनाई छ ।

    अधिवक्ता दिनेश त्रिपाठीले स्वास्थ्यमन्त्रीसहित उपप्रधानमन्त्री र यससँग जोडिएका सबैलाई तत्काल हिरासतमा लिएर कारबाही अघि बढाउन पनि उजुरीमा माग गर्नुभएको छ ।

    सरकारले ओम्नीसँग गरेको ठेक्का सम्झौता रद्द गरिसकेको छ । कोरोना त्रासले नागरिकहरु हायल कायल भएका बेला सरकारका मन्त्रीहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले खेद प्रकट गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…