एजेन्सी, २१ चैत्र । गत डिसेम्बरको अन्त्यतिर नै कोरोना भाइरसले महामारीको रूप लिने चेतावनी दिने पहिलो व्यक्ति डाक्टर ली वेनलियाङलाई सहिद घोषणा गरिएको छ । उनलाई कोरोना भाइरसको उदगम विन्दु चीनको हुबेई प्रान्तले सहिद घोषणा गरेको हो ।
तर डाक्टर लिको चेतावनीलाई अफवाह मानेर प्रहरीले पक्राउ गरि हिरासतमा समेत राखेको थियो । हिरासतबाट निस्केर पनि उनि कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका थिए । बिरामीहरुको उपचारमा खट्दा खट्दै उनलाई पनि भाइरस संक्रमण भै गत फेब्रुवरीमा उनको मृत्यु भएको थियो ।
वुहानमा हजारौलाइ कोरोना भाइरस संक्रमण हुन थालेपछि चिन सरकारले डाक्टर लिको चेतावनीलाई नबुझ्नु ठुलो गल्ति भएको भन्दै माफी समेत मागेको छ । डाक्टर लि सहित अन्य विशेष १३ जनालाई पनि सहिद घोषण गरिएको छ ।
त्यसै गरि नले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएका नागरिकहरू सम्झनामा शनिबार देशभरि शोक मनाउने भएको छ। भोलि चीनभित्र र उसका बाहिरका कूटनीतिक नियोगहरूमा चिनियाँ झन्डा आधा झुकाइने छ। देशभरका सबै चिनियाँ नागरिकहरूलाई बिहान १० बजेबाट तीन मिनेटसम्मका लागि मौनधारण गर्न आदेश जारी गरिएको छ ।
०००
यो पनि
कोविड–१९ विरुद्ध लड्न म्यानमारलाई संयुक्त राष्ट्रसंघले थप सहयोग गर्ने
२१ चैत । संयुक्त राष्ट्रसंघको म्यानमारमा रहेको शाखाले कोविड–१९ विरुद्ध लड्नको लागि म्यानमार सरकारलाई थप सहयोग गर्ने बिहीबार जानकारी दिएको छ ।
कम्बल, भान्साका समानहरु, लामखुट्टेबाट बचाउने सामाग्री र सरसफाइलगायतका ५ हजार भन्दा बढी सामानहरु याङ्गुनको क्षेत्रीय स्वास्थ्य विभागमा चाँडै पठाइने संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बिहीबार बताउनु भएको छ ।
विश्व संगठनले याङ्गुनमा क्वारन्टाइन सुविधालयात खाद्यान्न सहयोग पु¥याउने डुजारिकले थप जानकारी दिनु भएको छ । संयुक्त राष्ट्रसंघले यसअघि म्यानमारको स्वास्थ्य र खेलकुद मन्त्रालयलाई पाँच हजार भन्दा बढी टेस्ट किटहरू पठाउने योजनाको घोषणा गरेको थियो ।
म्यानमार कोरोना भाइरसको सङक्रमण २० भन्दा बढी व्यक्तिमा देखिएका स्वास्थ्य र खेलकुद मन्त्रालयले जानकारी दिएको छ । रासस ÷सिन्ह्वा