• बाहुण्डाँगी । नेपाल जेसीजमा शनिवारबाट अनलाइन ट्रेनिङ सञ्चालन हुँदैछ । ट्रेनिङ सप्ताहका रुपमा हुन लागेको अनलाइन ट्रेनिङ देशभरका शाखाका ४ वटै एरियामा सञ्चालन हुनेछन । जुन तालिममा शाखाका अध्यक्षहरु सहभागि हुनेछन् ।
    विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको लकडाउनले नेपाल जेसीजका नियमित कार्यक्रमहरु गर्न असमर्थ भएपछि देशभरमा रहेका शाखा अध्यक्षहरुलाई शाखा सञ्चालनका लागि सहज होस भन्ने उदेश्यले अनलाइन ट्रेनिङको अवधारणा अघि ल्याइएको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकरले बताउनु भयो ।
    उहाँका अनुसार नेपाल जेसीजका विभिन्न योजनाहरु रहँदा रहँदै पनि कोरोना रोकथामका लागि सरकारले चालेको लकडाउनलाई सहयोग गर्दै अनलाइन तालिमको माध्यमबाट युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ यो लकडाउनको समयमा यो तालिम सञ्चालन गर्न लागिएको बताउनु भयो ।
    तालिमका लागि नेपाल जेसीजका निवर्तमान अध्यक्ष सिनेटर श्रीधर बस्याल, नेपाल जेसीजका ट्रेनर सिनेटर राजाबाबु शाह, नेपाल जेसीजका अर्का ट्रेनर सिनेटर मिलन गुरुङले ट्रेनिङ दिनु हुने नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष तथा व्यक्तिगत क्षेत्रका निरुपित लालमणी भण्डारीले बताउनु भयो ।
    शाखा सञ्चालनका लागि यो असहज परिस्थितिमा समेत तालिम सञ्चालन गर्न सकिन्छ भन्ने अवधारणा ट्रेनर सिनेटर राजबाबु शाहले ल्याउनु भएको हो । जुन अवधारणा शनिवारबाट देशैभर लागु हुँदैछ । तालिमको पहिलो दिन एरिया ए मा सञ्चालन हुने नेपाल जेसीजका तालिम आयुक्त शिव सुवेदीले बताउनु भयो । तालिम आयुक्त सुवेदीका अनुसार तालिमका लागि ४ वटै एरियामा एरिया तालिम संयोजकहरुले ससहजीकरण गर्नु हुनेछ । जसमा एरिया ए मा सेवक बजगाई, एरिया बि मा पायल शर्मा, एरिया सि मा सागर भट्ट र एरिया डिमा हिमा न्यौपाने रहनु भएको सुवेदीले बताउनु भयो । तालिम दिउँसो १२ बजेबाट हुनेछ । तालिम सञ्चालनका सम्पूर्ण मिति र समय तालिकामा उल्लेख गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…