देबु बानियाँ
बाहुण्डाँगी । मानवताको सेवा नै जीवनको सर्वाेतम कार्य भन्ने जेसीज आस्थालाई आत्मासाथ गर्दै नेपाल जेसीजमा रहेका देशभरका शाखाहरु यतिबेला कोरोना विरुद्धको अभियानमा अहोरात्र रुपमा लागि परेका छन् । कारोनाको महामारी फैलिएसँगै नेपालमा प्रवेश गर्नु भन्दा पहिलेदेखि नै जेसीज शाखाहरुले विभिन्न प्रकारका सचेतना कार्यक्रमहरु गर्दै आएका थिए ।  
नेपाल जेसीजमा रहेका १५६ वटै शाखाहरु कोरोना भाइरस विरुद्धको अभियानमा क्रियाशिल छन् । चाहे त्यो सचेतना अभियानमा होस या राहत वितरणमा होस । जेसीजकर्मीहरु अग्रपङ्तीमा रहेर काम गरिरहेका छन् । हुन त यो अभियान नै नेपाल जेसीजको पहिलो भने होइन । यस अघि २०७२ सालमा आएको महाभूकम्पको चपेटमा परेका नेपालीहरुका लागि समेत करौडौँको राहत संकलन तथा उद्धारका क्षेत्रमा जेसीजकर्मीहरु स्वयमसेवकका रुपमा काम गरेका थिए । देशमा जब जब संकट र असहज परिस्थिित आउँछ तब तब जेसीज अभियान्ताहरु स्वतस्फूर्त रुपमा स्वयंसेवकको भूमिका निर्वाह गर्न मैदानमा उत्रने गरेका छन् ।  
नेपाल जेसीजले आवाहन गरेको परिपत्रलाई आत्मासाथ गर्दै आ आफ्नो ठाउँमा कोरोना विरुद्धको अभियानमा लागि परेका जेसीजकर्मीहरु यतिबेला राहत वितरणको अभियानमा छन् । पहिलो चरणमा विभिन्न पर्चा पोष्टरहरु बनाएर चोक बजारमा सेचतना अभियान चलाएका उनीहरुले दोस्रो चरणमा साबुन पानीले हात धुन सिकाउँदै हात धुने ठाउँको व्यवस्थापन, सिनेटाइजर प्रयोग गर्ने तरिका, तेस्रो चरणमा आफ्नो क्षेत्रमा पायक पर्ने स्थानमा क्वारेनटाइन निर्माण गरेका उनीहरु यतिबेला राहत वितरण अभियानमा छन् । साथै निर्माण गरिएको क्वारेन्टाइनमा खाद्यन्न सामाग्रीहरु समेत उपलब्ध गराउँदै आएक छन् । लामो समयको लकडाउनले गरिब तथा विपन्न वर्गमा विहान बेलुका खाना खानकै समस्या हुन थालेपछि उनीहरु विभिन्न खाद्य सामाग्रीसहित राहत वितरण अभियानमा लागि परेका हुन् ।  
जेसीजकर्मी एउटा सक्रिय नागरिक हो । उसले समाजमा पर्ने हरेक गतिविधिमा उत्तिकै भूमिका निर्वाह गरेको हुन्छ । व्यक्तित्व र नेतृत्वको विकास गर्ने लक्ष्य लिएको यस संस्थामा आबद्ध भएका युवाहरु नेपाल सरकारका लागि हरेक समय स्वयंसेवकको रुपमा अग्रसर हुने गरेका छन् । हरेक जिल्लामा रहेका शाखाहरुले स्थानीय नगरपालिका तथा गाउँपालिकासँग समन्वय गरी लकडाउनको पूर्ण पालना गर्दै उनीहरु यो अभियानमा अहोरात्र लागि परेका छन् । 
यतिबेला देश संकटको अवस्थामा रहेका बेला यो संकटको घढीलाई पार लगाउनु उनीहरुको पनि उत्तिकै दायित्व रहेको हुन्छ । यो कोरोना भाइरसक विरुद्धको अभियानमा नेपाल सरकारपछि संस्थागत रुपमा धैरै अभियान्ताका रुपमा सम्भवत नेपाल जेसीज नै रहेको छ । जुन संस्थामा २० हजार भन्दा बढी युवाहरु छन् । विपन्न परिवारलाई राहत प्रदान गरिरहेका छन् ।  
लकडाउनलाई समेत पूर्ण पालना गर्दै शाखाहरुले विभिन्न क्षेत्रमा पुगेर राहत वितरण गरिरहेका छन् ।
नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरले यो संकटको अवस्थामा देशका जेसीज शाखाहरुले गरेको यो अभियानप्रति आभार प्रकट गर्दै सबै शाखालाई धन्यवाद तथा प्रशंसा गर्नु भयो । यसैगरी राष्ट्रिय महासचिव टेकराज रेग्मीले यो संकटको अवस्थामा शाखाहरुले गरेको कामको नेपाल जेसीजले उच्च सम्मान गरेको बताउँदै आगामी दिनमा समेत मानवताको सेवामा यसरी नै लाग्न आग्रह गर्नु भयो । साथै बोर्डका पदाधिकारीहरुले देशभरका शाखाले गरेको यो मानवीय कार्यप्रतिको जति नै प्रशंसा गरे पनि कमै हुने बताउँदै सामाजिक संजालमा लेख्नु भएको छ ।
यस अभियानका क्रममा कुन कुन शाखाले के काम गरे सम्पूर्ण विवरण तल उल्लेख गरिएको छ ।  
  
  
  
  
  
  
 
 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 
 
  
  
  
 

 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        