काठमाडौँ, २२ चैत्र । कोरोना भाइरस कोभिड-१९ को माहामारीले यति बेला पुरा विश्व त्रसित छ । अहिले सम्म कुनै औषधि पत्ता नलागेको यो भारसबाट बाच्ने एउटा मात्र उपाय हो एक आपसमा दुरी कायम गर्नु । तर अहिले सम्म स्पष्ट नभएको एउटा तथ्य भने कोभिड-१९ रोग लगाउने SARS-CoV-2 नामक भाइरस मानव शरीर भन्दा बाहिर कति समय सम्म बाँच्न सक्छ भन्ने कुरा हो।
विश्वका विभिन्न स्थानमा गरिएको विज्ञहरुको अध्ययनहरूले ती भाइरसहरू धातु, ग्लास र प्लास्टिकमा नौ दिनसम्म बाँच्न सक्ने तथ्य फेला परेको छ । यस सम्बन्धि अध्ययनकर्ताहरुले आफ्नो अध्ययन जारी राखेका छन । यसै बीच यूएस न्याश्नल इन्स्टीट्यूट अफ हेल्थले विभिन्न खाले सतहमा SARS-CoV-2 कति बाँच्न सक्छ भन्ने अध्ययन गरेको छ। उनीहरूको अध्ययन निष्कर्षमा वायुमा ती भाइरस खोकीका थोपामा तीन घण्टासम्म जीवित रहने देखिएको बिबिसीमा खबर छ।
यो भाइरस कागतमा २४ घण्टासम्म र प्लास्टिक र स्टीलको सतहमा दुई तिन दिनसम्म जीवित रहने उनीहरुको अध्ययनले देखाएको छ। त्यसैले विशेषज्ञहरुले सधै साबुन पानीले हात धुनु र सरसफाईमा ध्यान दिनुपर्ने आग्रह गर्दै आएका छन ।