•  

    उर्लाबारी । विश्वव्यापी रुपमा फैलिएको कोरना भाईरस बाट सचेत गराउने उदेश्यले वैदेशिक रोजगारमा रहेका युवाहरुको समुह माउण्ट एभरेष्ट सेवा समाज नेपालले उर्लाबारी र रतुवामाई नगरपालिकामा माक्स वितरण गरेको छ ।
    सरकारले ल्याएको एकद्धार प्रणाली अन्तरर्गत उर्लाबारी नगरपालिका र रतुवामाई नगरपालिकाको लगि १५÷१५ सय माक्स हस्तान्तरण गरियो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो र रतुवामाईका मेयर रबिन राईलाई नेपालमा रहेका प्रतिनिधीहरुले हस्तान्तरण गरेका छन् ।
    उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले माउण्ट एभरेष्ट सेवा समाजको यो माहामारीको बेला गरिएको सहयोगको उच्च मुल्याङ्कन गरे । उनले सहयोगीदाता तथा संस्थालाई पनि कोरनाबाट सचेत हुन आग्रह गरे ।
    रतुवामाईका मेयर रबिन राईले माक्सको अभाव भएको बेला विपन्न बस्तीको लागि यो माक्स वितरण गरिने र अपुगहरुको डाटा संकलन भईरहेको जनाए ।

    https://www.facebook.com/1534564696851045/videos/2950732578324647/

     

    यस्तै माउण्ट एभरेष्टकै सहयोगमा सञ्चार संयोजक तेजन खड्काले विपन्न बस्तीहरुमा माक्स पुर्याएका छन् । उनले २ सय वटा माक्स सन्थाल बस्ती,बगरटोलमा बितरण गरेका छन् ।
    अहिले हामी नै कोरनाको जोखिममा छौ, आफ्नो जन्मभुमी देशवाशी र परिवारको चिन्ता छ, माउण्ट एभरेष्टका प्रवक्ता योगेश दाहालले भने‘आफ्नो देशवाशीको पीडालाई आफ्नै पीडा सम्झेर सानो सहयोग गरेका हौ । ’ माक्स मात्र नभएर राहत समाग्री अत्याआवश्यक चिजहरु सहयोग गर्न सक्थीयौं, दाहालले भने‘विश्व जगत लकडाउन छ , सोचे जस्तो सहयोग गर्न पाएका छैनौ ।

    https://www.facebook.com/1534564696851045/videos/213546516570263/?epa=SEARCH_BOX

    संस्थाका थुप्रै साथीहरुले सहयोग गर्ने भनेपनि लकडाउनको कारण समस्या भएको उनको भनाई छ ।
    मउण्ट एभरेष्टले सामाजिक उत्तरदाहित्य मानवता सम्झेर देशवाशीलाई सधैं सहयोग गर्दै आएको छ ।
    माक्स वितरण कार्यको लागि नारायण बिष्ट,योगेश दाहाल,निमा तेन्जिङ ,साया (सीता)कोइराला,हरि वाग्ले,ज्ञानु न्यौपाने ,इन्द्र कटुवाल,यम तिवरी,सुजन कार्की,बुद्दिमाया(अस्मि) राई,फुर्बा तामाङ,कुमार खड्का,सबिन तामाङ्ग ,कृष्ण रिजाल,प्रेम भुजेल र सेम्सर रोका मगर लगायतले सहयोग गरेका छन् ।

     

    http://ratokalam.com/archives/35647

    http://ratokalam.com/archives/28085

    http://ratokalam.com/archives/60818?fbclid=IwAR0Z4AaC6Gcp3qYLFSEO6hblLSbnb7Pw6s0FzO-Qt_EO1C-wphIW8gK6bQ4

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…