• एजेन्सी, २२ चैत । विश्‍वभर कोरोना भाइरस (कोभिड-१९) को त्रास फैलिइरहँदा जर्मनीमा पनि विशेष सावधानी अपनाइने भएको छ । जसअन्तर्गत तीन अप्रिलबाट लागू हुने गरी सडकमा दुईभन्दा बढी मानिस उभिए ५ सय युरो जरिवाना तिर्नु पर्नेछ ।

    जर्मनीकी चान्सलर एङगेला मर्केलले जनतालाई घर नछाड्न आदेश दिँदै यस्तो जानकारी गराएकी हुन् । किराना पसल र मेडिकलमा भने यो लागू हुने छैन ।

    यसका साथै जर्मन सरकारले मानिसहरुलाई पाँच फिटको सामाजिक दूरी कायम गर्न भनेको छ भने दुईभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध गरेको छ ।

    यस्तै त्यहाँका १६ स्थानीय सरकारहरुले पनि सोही नियमको पालना गराउन आफ्नो स्थानीय निकायमा जानकारी गराएका छन् ।

    जर्मनीको सबैभन्दा ठूलो राज्‍य बाभारियामा सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमितको पुष्टि भएको छ । त्‍यहाँ कम्तीमा पनि १ हजार ८ सयभन्दा बढीजनामा कोरोना पोजिटिभ देखिएको छ ।

    जर्मनीमा ९१ हजार १५९ जना कोभिड १९ पोजेटिभ देखिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…