• चैत २२, पथरी ।
    मोरङको पथरी शनिश्चरे नगरपालिका यति बेला बढ्दो कोरोना संक्रमणलाई न्युनिकरण गर्ने रणनैतिक योजना बनाउनु भन्दा पनि १० लाख कता गयो कसरी गयो भनेर नगरको निर्णायक मण्डली नै त्यसको पछि कुदिरहेको छ ।
    नगरका हरेक क्षेत्रको निर्णयकर्ताको जिम्मेवारी पाएका जनप्रतिनिधिहरु कोरोनाभाइरस नियन्त्रणको नाममा नगरपालिकाले १० लाखको चेक व्यक्तिको नाममा काटिएको तर आफुलाई केही थाहा नभएको लज्जास्पद प्रतिक्रिया दिदै आएका छन् ।
    नगरपालिकाबाट जारी भएको चेकबाट १० लाख रुपैयाँ निस्किएको कुरा बाहिर आएको छ । सो चेक नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यको नाममा काटिएको पाइएको छ ।
    रमाईलो कुरा त के छ भने नगरापालिका बाट कोरोना संक्रमण रोकथामका लागि निस्कासन भएको १० लाख रुपैया कसरी निस्कीयो भनेर नगरपालिकाकै जिम्मेवार व्याक्ति उपप्रमुख यमुना बिष्ट बास्तोलाल र अन्य वडाध्यक्ष आफैलाई थाहा छैन भन्नु हास्यास्पद भएको छ ।
    नगरपालिकाले जनस्तरका लागि रकम निकाशा गर्दा कार्यपालिकाको बैठक नवसी निस्काशन नहुने प्रक्रिया भएपनि कोरोना रोकथामको विषयमा भने त्यस्तो नभएको केही जन प्रतिनिधहरुको आरोपले आफ्नो अनुहारमा आफै हिलो छेप्ने काम मात्र भएको देखिन्छ ।
    घुमाउरो तरिकाले हेर्दा एउटै राजनैतिक पार्टी भएपनि जनप्रतिनिधिको विचमा पनि गुठ उपगुठ र खेमा पक्षको हिसावले गर्दा एउटाले आर्काको आखामा ध्ुलो छर्ने काम भएको जस्तो देखिन्छ ।
    यसरी राजनैतिक प्रतिशोषका कारण एक अर्काले आखामा धुलो छोप्दा त्यसको असर भने नगरवासीमा प्रतक्ष्य पर्न जान्छ यति बेला राजनिति गर्ने बेला हैन नगरवासीहरु स्थानिय सरकारले स्वास्थ्यको हितमा काम गर्छ भन्ने आशमा रहेका छन भने नगर सरकारको एउटा पाटो भने पैसा कता बाट आयो कता गयो भन्दै केही थाहा नपाएको लज्जास्पपद प्रतिक्रिया संचार माध्यमहरुमा दिदै दौडिरहेको छ ।
    यति बेला जनप्रतिनिधिले जनस्तरमा काम गर्ने बेला हो जनको स्वास्थ्यको प्रत्याभुति गराउने बेला हो तर संक्रमण न्युनिकरण गराउन जन प्रतिनिधिहरु आफै जुटेर लाग्नु पर्ने बेलामा पक्ष र विपक्ष भएर जनाअधिकारको खिल्ली उडाइरहेको केही स्थानियहरुले बताएका छन् ।
    महामहारीको रुपमा फैलिएको कोरोना रोकथाम गर्ने स्वास्थ्य सामाग्रीको व्यावस्थापन कसरी गर्ने ? रकम निकाशा कसरी गर्ने ?परिचालन कसरी गर्ने ? भनेर जन प्रतिनिधिहरु आफैले कार्ययोजना बनाउनु पर्ने अहिले अवस्थामा एकले अर्कोलाई दोषारोपण गर्दै जनताको स्वास्थ्यमाथि राजनिति गरिरको समाजका अगुवाहरुको प्रतिक्रिया छ ।
    नगरका स्वास्थ्य संयोजकको खातामा १० लाख रुपैया जानु सिग्गो नगर कार्यपालिका र नगर प्रमुख, उप प्रमुख जिम्मेवार नदेखिनु हो । आफ्नो नेतृत्वमा रहेको स्थानिय सरकारका केही जनप्रतिनिधिले आफुलाई केही थाहा छैन भन्नु हास्यास्पद मात्र गैरर जिम्मेवार पनको पराकाष्ट हो ।
    नगरमा कोरोना संत्रमण रोकथामको नाममा जे जति सामान खरिद भयो सरकारी नियम (सार्वजनिक खरिद ऐन) को उलंघन गर्नमा नगरपालिका कर्मचारी र स्वास्थ्य निरिक्षकको भन्दा पनि सिङगो कार्यपालिकाले उलंघन गरेको देखीन्छ । किनकी ऐनको कार्यान्वयन गराउने भनेको स्थानिय सरकारले नै हो नकी कर्मचारीले ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…