• काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कोरोना भाइरसको संक्रमणविरुद्ध मिलेर सामना गर्ने बेला सकारमा बसेका जिम्मेवार व्यक्तिहरू अनियमितता र कमिशनको कार्यमा संलग्न रहेको भन्दै आपत्ति जनाएका छन् ।

    तरुण दलका अध्यक्ष बस्नेतले शनिबार प्रेस नोट जारी गरेर चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्री घोटालाका दोषीहरूलाई कारबाही गर्न माग गरे ।

    उनले घोटाला प्रक्रियामा संलग्न मन्त्री, व्यापारी, कर्मचारी र अन्य जिम्मेवार व्यक्तिलाई कारबाहीको दयारमा ल्याउन माग गरेका छन् ।

    ‘महामारीको बेला जनतालाई राहत दिएर जिम्मेवार बन्नु पर्ने सरकार अनियमितता र कमिसनमा जस्ता घृणित कार्यको वरिपरि घुमिरहेको छ’, बस्नेतले भने, ‘यसैअन्तर्गत अनियमितता भयो भनिएको स्वास्थ्य सामग्री खरिद प्रक्रिया रद्ध गरेर मात्र उन्मुक्ति पाइँदैन ।’

    महामारीमा पनि सत्तामा रहेका मन्त्रीहरुले घोटाला गरेको भन्दै जितजंग बस्नेत आपत्ती जनाएका हुन् ।

    ‘सो प्रक्रियामा संलग्न मन्त्री कर्मचारी र ब्यापारी लगाएत सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने जोडदार माग गर्दछु’, उनले भने ।

    उनले नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई धम्की दिएकोमा पनि आपत्ति जनाएका छन् ।

    उनले भने, ‘पत्रकार महासंघका महासचिव रमेश बिष्टलाई दिइयको धम्की आपराधिक कार्य हो ।’

    ‘लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई आत्मसात गर्ने नेपाल तरुण दल र अन्य लोकतान्त्रिक शक्तिलाइ यस्ता घृणित कार्य सह्य हुँदैन’, तरुण अध्यक्ष बस्नेतले भनेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…