बिराटनगर -२१ चैत
विराटनगर जेसीजले विराटनगर महानगरपालीका वार्ड न. १ को विजयपुर नया वस्तीमा रहेका ६० भन्दा वढी परिवारलाई एक हप्ता वरावरको रासन वितरण गरेको छ। विराटनगर जेसीजको सदस्यहरुले अनलाईन वैंकिग मार्फत जेसिसका पुर्व अध्यक्ष, वोर्ड सदस्य तथा सदस्यहरुवाट सहयोग संकलन गरी राहत वितरण गरेका हुन। साे सहयाेग संकलन कार्यक्रममा विराटनगर जुनियर जेसीजको पनि विशेष सहभागिता रहेको देवचन्द्र घिमिरेले बताए ।
बिपन्न परिवारमा बितरण गरिएको राहत सामाग्रीमा ६०० केजी चामल, १५० केजी दाल तथा एक हप्तालाई पर्याप्त हुने गरि नुन, तेल, आलु ,भुजा , सावुन लगयात सामाग्री प्रदान गरेको हाे ।
राहत बितरण कार्यक्रममा अध्यक्ष उज्जवल खरेल , पुर्व अध्यक्ष श्याम सुन्दर पौडेल,टिपी आचार्य, सेवक वजगाई तथा देवचन्द्र घिमिरे लगायतको उपस्थितीमा सुरक्षित रहनका लागि हात धुन, सामाजीक दुरी कायम राख्न लगायत कोराेनाबाट जाेगिने उपायबारे जानकारी गराएका थिए । राहत वितरण गर्दा जेसीजले ४-४ फिटको दुरीमा रेखाकंन गरी सो दुरीमा सामान वितरण गरि सामाजीक दुरीको अभ्यास समेत गराएको थियो।
साथै जेसिसले विराटनगरमा सुरक्षा प्रदान गरीरहेका प्रहरी लगायतलाई पंजा लगाउन अनुरोध गर्दै जुस, विस्कुट तथा हातको पंजा समेत वितरण गरेकाे कार्यक्रम संयोजन सदस्य विकास रौनियारले बताए ।