विराटनगर, २२ चैत । लकडाउनका बेला मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छु’रा प्र’हार भएको छ । कांग्रेसका पूर्व क्षेत्रीय सदस्य ६५ वर्षीय दिलिप तामाङमाथि शुक्रबार साँझ ७ बजे छु रा प् हार भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको लकडाउन उल्लंघन हुने क्रम बढेपछि स्थानीयस्तरमा तामाङले त्यसलाई रोक्ने काम गरेका थिए । डीएसपी गिरीले लकडाउनको समयमा सवारी साधन कुदाउने, हिँडडुल गर्ने क्रम बढेपछि तामाङले सडकमा बाँस तेस्र्याएर त्यसलाई रोक्ने प्रयास गरेका बेला छु’रा प्र’हार भएको बताए ।
लकडाउनमा बाटो छेकेको विषयलाई लिएर स्थानीय २८ वर्षीय विजय लिम्बूसँग कांग्रेस नेता तामाङको वि वाद भएको थियो । मा’दक प’दार्थ से’वन गरेका लिम्बूले वि’वादकै क्रममा छु’रा प्र’हार गरेर तामाङलाई घाइते बनाएको जानकारी डीएसपी गिरीले दिए ।
छु’रा प्र’हारबाट तामाङको बायाँ छात्तीमा गहिरो चो’ट लागेको छ । उनको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । छु’रा प्र’हार गर्ने लिम्बूलाई भने भाग्दै गर्दा घटनास्थल नजिकैबाट पक्राउ गरिएको छ ।