चैत २२, विराटनगर ।
विश्वव्यापी रुपमा महामाहारीको स्वरुप लिदै नेपाल प्रवेश गरेको कोरोना भाइरसको यति बेला नेपाली जनताले सामना गरिरहेका छन् ।
कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ जसको पालना नेपाली जनताले धर्यताका साथ गरिरहेका छन् ।
नेपाल सरकार अन्र्तगत रहेको स्वास्थ्य मन्त्रालयले कोरोनाको दैनिक प्रभावका वारेमा मिडिया व्रिफिङ गर्दै आएको छ ।
आज (शनिवार) चैत २२ गते सरकारले कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको पुष्टी गरे सगै नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।
दोस्रो चरण प्रवेशको आधार नेपाल सरकारले कैलालीमा घरमै बस्दै आएकी ३४ वर्षीया एक महिलामा फेला परेको संक्रमणलाई बनाएको छ । यस अघि विभिन्न देशबाट नेपाल प्रवेश गरेका हरुमा मात्र कोरोनाको संक्रमण देखिएको थियो भने नेपलामै वस्दै आएकी महिलामा पहिलो पटक संक्रमण देखा परेको हो ।
यो सगै नेपालमा कुल संक्रमितको संख्या ९ पुगेकोे छ । तर मोरङको पथरी शनिश्चरे नगरपालिका भने कोरोना महामहारीको संक्रमण बाट सुरक्षित भनेर केही अनलाईन संचार माध्यमहरुले समाचार प्रकाशन गरेका छन् ।
ति अनलाईन संचार माध्यमहरुले प्रकाशन गरेको समाचारमा भने सुरक्षित हुने आधार नभएको अझ जोखीम बढ्दै गएको नगरपालिकाले जनाएको छ । साथै आधारहिन समाचार प्रकाशन गरेर अनगर्ल प्रचार नर्गन पनि स्थानिय सरकारले अनुरोध गरेको छ ।
अहिले सम्मको पथरी शनिश्चरेको तथ्याङकलाई हेर्ने हो भने नगरपालिका बाट क्वारेनटाइन भर्ना भएकाको संख्या १० पुगेको छ ।
गत चैत ४ गते फ्रान्सबाट कतार हुदै नेपाल आएकी कोरोना संक्रमित युवती सगै आएका २ पुरुष व्याक्ति अहिले सम्म पनि टाडीको क्वारेन्टाइनमै रहेका छन् । उनिहरु संक्रमण मुक्त छन छैनन भन्ने विशेषज्ञ रिर्पोट अहिले सम्म आईसकेको छैन ।
त्यस्तै अन्य विभिन्न देशबाट आएका ८ जना पनि निगरानीमै रहेका छन् भने अन्य १३ जना होम क्वारेन्टाइनमा रहेका छन् ।
यो सगै क्वारेन्टाइनमा रहनेको संख्या नगरपालिकामा २३ पुगेको छ । यो तथ्याङ्कलाई हेर्दा नगरपालिका सुरक्षित छ भन्ने आधार पाइदैन तर केही संचार माध्यमले सुरक्षित भन्दै अनगर्ल प्रचार गरेका छन् ।
प्रकाशित समाचारको विषयमा रातोकलम डटकम सग कुरा गर्दै स्थानिय सरकार प्रमुख दिलिप कुमार राई भन्छन्–“ बिभिन्न देश बाट नेपाल प्रवेश गरेका व्याक्तिहरुलाई खोजी गरी क्वारेन्टाइन भर्ना गराईएको छ उनिहरुको स्वास्थ्य अवस्थाको रिर्पोट आएको छैन साथै नगरको तल्लो भाग बाट नवआगन्तुकहरुको संख्या रातको समयमा प्रवेश गर्ने गरेको सुन्नमा आएको छ जसका कारण संक्रण फैलने उच्च जोखीम छ यद्यपी अहिले सम्म भने त्यस्तो संक्रमणको अवस्था आएको छैन । सुरक्षित छ भन्ने आधार बनिसकेको छैन”।
यसै विषयमा नगरपालिका उप प्रमुख यमुना विष्टलाई पनि हामीले बुझ्दा अहिले सम्म संक्रमित फेला परेको छैन संकटको यो अवस्थामा नगरमा रहेका नागरिकहरु भोकै नहुन भनेर हामीले आ–आफ्नो कार्यविभाजन गरेर काम गरिरहेका छौ राहत वितरणको जिम्मेवारी आफुले सम्महाली रहेको छु । जनता भोकै हुन बाट भने सुरक्षित नै रहेका छन् ।
यस्तै हामीले नगरका स्वास्थ्य संयोजक मुरारी आर्चायलाई के पथरी शनिश्चरे नगरपालिका महामहारी बाट सुरक्षित भएको हो त ? भनेर प्रश्न गर्दा उनी यसो भन्छन्–“नगरपालिकामा अहिले सम्म दोस्रो देश बाट कती मानिस प्रवेश गरे भन्ने यकिन तथ्याङक सम्म नभएको खण्डमा सुरक्षित छ भन्नु मुर्खता हुन्छ के तथ्याङकलाई आधार मानेर सुरक्षित र असुरक्षित भनेर व्याख्या गर्ने यसको मापनिय पद्धति अहिले सार्वजनिक भएको छैन भोलिको दिनमा नेपाल सरकारले जे अवधारणा ल्याउछ त्यसलाई आधार मानेर स्थानिय सरकारले फाईल बुझाउला अनि मात्र सुरक्षित भन्न सकिन्छ जस्तो लाग्छ”।
अहिले सम्मको कोरोना संक्रमणको प्रभावलाई हेर्दै नेपाल सरकारले भने लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन सबैलाई पुनः आग्रह गरेको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो । पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै थिइन् ।
उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनै जनामा संक्रमण देखिएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।