• दुबई, २३ चैत्र । कोरोना भाइरस कोभिड-१९ को संक्रमण रोक्न युएई सरकारले दुबई शहर कम्तिमा दुई हप्ताका लागि लकडाउन गरेको छ । दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुई हप्ताका लागि लकडाउन घोषणा गरेको हो ।

    लकडाउनको समयमा यापार–व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको गल्फ न्युजले लेखेको छ । लकडाउनको समयमा अत्यावश्यक काम बाहेक बाहिर निस्कन नपाउने निर्देशन भएको छ ।

    भाइरस संक्रमण रोक्न सबैलाई घर भित्रै बस्न र खाद्यान्न लगायतका अत्यावश्यक किन्न परिवारको एक जना मात्र बाहिर निस्कन पाउने पनि बताइएको छ ।

    सरकारको यो निर्णय संगै वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका लाखौ नेपालीहरु पनि सजग रहनु पर्ने हुन्छ ।

    विश्वभर कोरोना संक्रमणबाट ६४ हजारको मृत्यु, संक्रमित व्यक्ति १२ लाखभन्दा बढी (अपडेट)

    जेनेभा, २३ चैत । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको छ ।

    विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

    सङ्क्रमित व्यक्तिहरुमा २ लाख ४६ हजार जना उपचारपछि घर फर्किएका छन् भने ८ लाख ९१ हजार व्यक्ति हाल उपचारारत छन् ।

    चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपी पछिल्लो चरणमा संयुक्तराज्य अमेरिका सहित युरोपेली मुलुकहरुमा यस भाइरसका कारण भयावह स्थिति उत्पन्न भएको छ ।

    हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा १५ हजार ३६२ जनाको मृत्यु भइसकेको भने १ लाख २४ हजार भन्दा बढी सङक्रमित छन् । स्पेनमा ११ हजार ९४७ जनाको मृत्यु भएको छ भने १ लाख २६ हजार भन्दा बढीसङक्रमित रहेका छन् ।

    कोरोनाभाइरसको अर्को केन्द्रका रुपमा विकास भइरहेको संयुक्तराज्य अमेरिकामा ८ हजार ४५४ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार भन्दा बढी सङक्रमित छन् ।

    कोरोनाभाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३२९ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ८१ हजार ६६९ जनामध्ये करिब ७७ हजार व्यक्ति निको भएर घर फर्किएका छन् ।

    जर्मनीमा कोरोनाभाइरसको सङ्क्रमणको कारण १ हजार ४४४ जना, फ्रान्समा ७ हजार ५६० जना, बेलायतमा ४ हजार ३१३ जना नेदरल्यान्ड्समा १ हजार ६५१ जना र बेल्जियममा १ हजार २८३ जनाको मृत्यु मृत्यु भइसकेको छ ।

    इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण ३ हजार ४५२ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा १८३ व्यक्तिको मृत्यु भएको छ । रासस–एएफपी

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…